जथाभावी गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिलाई सभामुख र अध्यक्षको पत्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १७:२४:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/441748744_954629066162095_2569628574092543680_n_Tsoa9McHNe_IRurpNgwQ1_6aT6cuinzs.webp)
४ असार, काठमाडौं । गैरसरकारी संस्थाबाट कुनै सहयोग नलिन प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई निर्देशन दिएका छन् । मंगलबार सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिएका हुन् ।
संसद् सचिवालयले सहयोग नलिन यसअघि पनि पटकपटक सतर्क गराइएको जनाएको छ । आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो । गैरसरकारी संस्था एनजिओ र आइएनजिओहरूले संघीय संसद अन्तर्गतका समिति तथा सचिवालयलाई सहयोग गरेको विषयमा सर्तकता अपनाउन सबै समितिका सचिवहरूलाई ध्यानाकर्षण गराएको हो ।
पत्रमा सांसदहरूको संलग्नता, एनजिओ र आइएनजिओले कार्यक्रम गर्दा कानुन निर्माण एवं निर्णय प्रक्रियामा समेत प्रभाव पारेको गुनासा सुनिने गरेको उल्लेख छ । संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा असार २ गते गैरसरकारी संस्था नेसनल फोरम अफ पार्लियमेन्टेरियन अन पपुलेससन एण्ड डेभलपमेन्ट (एनएफपिपिडी) अभियानले खाजाको व्यवस्था गरेको थियो । उक्त घटनापछि समितिमा रहेका सांसदहरूले सभापति रामहरि खतिवडालाई बैठक रोक्न दबाब दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार