भारतीय प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका जैसवाल रौतहटमा पक्राउ
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार २२:४:४६
४ असार, रौतहट। भारतीय प्रहरीको 'मस्ट वान्टेड'को सूचीमा रहेका एकजना भारतीय नागरिकलाई लुटपाटमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना घोडासहन ग्राम पंचायत बसवरिया वडा २ का २० वर्षीय मोनुकुमार जयसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई ८ का बर्ष २४ को अरबिन्द कुमार दासले १७ लाख झोलामा राखि राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न विआर ०५ ए एन ८७६२ भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा चढी मौलापुर तर्फ गइरहेका थिए।
सोही क्रममा विपरीत दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडिबाट गोली हानी फरार भएको थियो । प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न अभियुक्तहरू सीमावर्ती भारत विहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय रहेको बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको व्यक्तिहरु संग साँठगाठ रहेको निष्कर्ष निकालेको थियो।
उनीहरू भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट, भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ। गत २ गते साँझ साढे ५ बजेको समयमा मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल १ थान ,गोली राउण्ड २ थान समेत भारतीय नागरिक जयसवाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।
जयसवाल माथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप थामाई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी सूचनामा उल्लेख गरिएको छ।
आरोपी भारतीय नागरिक मोनु जयसवाल भारतीय प्रहरीले 'मस्ट वान्टेड'को सूचीमा रहेका छन्। उनीमाथि घोडासहन र झरौखर थानामा एक दर्जन भन्दा बढी आपराधिक मुद्दाहरू दर्ता रहेको मोतीहारी जिल्लाका एसपी कान्तेश कुमार मिश्रले बताएका छन। आरोपी जयसवाल माथि भारतीय क्षेत्रमा अवैध हतियारको कारोबार , लुटपाट, अपहरण,अवैध मदिरा ओसारपसार जस्ता मुद्दा दर्ता रहेको भारतीय प्रहरीको जनाएको छ।
गत मार्च महिनामा जयसवाल अन्य केही साथीहरू अंग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एकजना जवान माथि आक्रमण गरेका थिए। उक्त घटनामा संलग्न अन्य केही अभियुक्त पक्राउ परेका थिए भने मुख्य योजनाकार जयसवाल नेपाल तर्फ भागेर जोगिएको एसएसबीले जनाएको छ। जयसवाल केही समय अघि जेल जीवन समेत बिताइ सकेका भारतीय प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार
प्रहरी 'इन्स्पेक्टर' बनेर उच्चपदस्थ व्यक्तिसँग चिनजान गरी ठगी
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार