दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार ११:११:४६
५ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले आफैंले बोकेको राइफलले अनुहारमा गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । संसद भवनभित्र मृत अवस्थामा भेटिएका उनले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।
कार्यदलबाट खटिएका उनले आफैंले निधारमा गोली हानेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । उनी बिहान ड्युटीमै खटिएका थिए । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको हो ।
एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । उनी बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटीमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार