सहकारी ठगीका विषयमा प्रहरी महानिरीक्षक र कानुन व्यवसायीसँग संसदीय समितिको छलफल
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १२:२:५२
५ असार, काठमाडौं । कार्यविधि बनाएपछि संसदीय छानबिन विशेष समितिले सहकारी ठगी सम्बन्धको अनुसन्धानलाई अगाडि बढाउन थालेको छ । यसै क्रममा समितिले नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र केही कानुन व्यवसायीसँग सिंहदरबारमा छलफल गरेको छ ।
बुधबार बिहान ११ बजेदेखि सिंहदरबारमा समितिको छलफल चलिरहेको छ । गृहमन्त्री रवि लामिछाने सम्बद्ध सहकारीका विषयमा सीआईबीसँग समितिले छलफल गर्ने तयारी गरेको छ । कानुन व्यवसायी र प्रहरी महानिरीक्षकसँग छलफल सकिन लागेको समितिले जनाएको छ । आज सीआईबीको रिपोर्ट मौखिक होइन लिखित डकुमेन्ट माग्ने तयारी छ ।
समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरूले प्रतिवेदन बुझाएका थिए । तीन वटा सहकारीको समस्या समाधान भइसकेको समितिलाई जानकारी गराइएको छ । न्यौपानेका अनुसार समितिलाई म्यान्डेट दिएका ९ वटा (उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका) सहकारीको कागजात उपलब्ध गराउन समितिले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार