सुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १२:३७:२१
५ असार, महेन्द्रनगर 'कञ्चनपुर' । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताए । उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उनले जानकारी दिए ।
निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको छ । “पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ”, जोशीले भने, “अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ ।” उनले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए ।
डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ ।
निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेङ्गु सङ्क्रमण देखिनाका साथै चारजनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
असार १३, २०८१ बिहिबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
एसईईको रिजल्ट हेर्न मिल्ने १० वटा वेबसाइट खुल्नै गाह्रो
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार