मन्त्री र नेताबीच रस्साकस्सी चलिरहेको टेलिकमको हाकिम बन्न १७ जनाले दिए आवेदन
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १३:२४:३८
५ असार, काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न विभागीय मन्त्री र सत्ता समीकरणमा रहेका नेताबीच रस्साकस्सी चलिरहेको अवस्था एकातिर छ भने अर्कोतिर यसका लागि विभिन्न क्षेत्रका १७ जनाले आवेदन हालेका छन् । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले जेठ २२ मा नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन मागेको थियो ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको थियो । यो विषय अहलिे विवादित बनेको छ । सरकारले आफू अनुकूलका उम्मेदवारलाई सहज हुने गरी मापदण्ड परिवर्तन गरेको हो । सरकारले नयाँ मापदण्ड जारी गरी उमेरको हदम्याद र योग्यतामा थपघट गरेको छ । दरखास्त दिन ५८ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । यसअघि उमेरको हद ५६ वर्ष थियो ।
व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने प्रावधान पनि हटाइएको छ । सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ विधा राखिए पनि इलेक्ट्रिकल भने मापदण्डमा राखिएको छैन । टेलिकमको प्रवन्ध निर्देशकको लागि आवेदन दिनेमा संगीता पहाडी अर्याल, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी विमल आचार्य, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास रहेका छन् ।
यस्तै सुभाष शाह, लक्ष्मण महर्जन, शालिकराम पराजुली, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवालले पनि आवेदन दिएका छन । सञ्चार मन्त्रालयका अनुसार आवदेनकमध्ये अब तोकिएको मापदण्ड पूरा गरेको आवदेनमध्येबाट प्रस्तुतीकरण र अन्तरवार्तामार्फत अन्तिम ३ जना छनोट हुने छन् । छनोटमा परेको अन्तिम ३ जनामध्येबाट सरकारले १ जनालाई टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त गर्ने छ ।
यसरी चलखेल हुनुमा टेलिकमकै दशौँ तहका कर्मचारी विमल आचार्य र जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा रहेका छन् । अहिले सञ्चारमन्त्री रेखा शर्माको रोजाइ यीमध्ये एक हुने देखिएको छ । तर टेलिकमभित्रकै कर्मचारी संगठनहरु अमुक व्यक्तिका लागि निर्देशिका परिवर्तन गर्न लागिएको भन्दै अहिले विरोध गरिरहेका छन् ।
यस्तो थियो आवेदन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार