केन विलियम्सनले छोडे कप्तानी
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १३:४७:४४
५ असार, काठमाडौं । न्युजील्यान्डले जारी टी-२० विश्वकपको सुपर–८ खेल्न नसकेपछि केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएका छन् र केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् । उनको यो निर्णयले सबैलाई चकित बनाएको छ । यस्तो अवस्थामा उनले छिट्टै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्ने प्रश्न उठिरहेको छ ।
केनले यस अघि नै टेस्ट टिमको कप्तानी छोडिसकेका छन् । केन बाहेक लुकी फर्गुसनले पनि न्यूजील्याण्ड क्रिकेट बोर्डबाट केन्द्रीय सम्झौता लिन अस्वीकार गरेका छन् ।
न्यूजील्याण्ड क्रिकेट बोर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत यो जानकारी दिएको हो । केनले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको बताइएको छ । न्यूजील्याण्डका लागि ३५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका केनको यो निर्णय २०२४ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि आएको हो । किवी टोली समूह चरणमा वेस्ट इन्डिज र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
केनले आफुले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न यो निर्णय गरेको बताए । उनले आगामी दिनमा पनि केन्द्रीय सम्झौता स्वीकार गर्न आफू तयार रहेको बताए । केनले यस समयमा आफू आफ्नो परिवारसँग बढी समय बिताउन चाहेको बताए ।
उनले भनेका छन्, 'न्युजील्यान्डका लागि खेल्न पाउनु एउटा सौभाग्यको कुरा हो र टोलीका लागि राम्रो प्रदर्शन गर्नु सधैं मेरो प्राथमिकतामा रहेको छ । तर, क्रिकेटभन्दा बाहिर मेरो जीवनमा परिवर्तन ल्याउनु भनेको मेरो परिवारसँग धेरै समय बिताउनु र उनीहरूसँग स्वदेश तथा विदेशमा अनुभवको आनन्द लिनु हो ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार