न्यूरोडमा सवारी निषेध गर्ने मेयर बालेनको योजनामा स्थानीयले जनाए विरोध
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १४:५:९
५ असार, काठमाडौं । न्यूरोड क्षेत्रलाई काठमाडौं महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँ महानगरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको विरोधमा बुधवार प्रदर्शन भएको हो । स्थानीय तथा व्यापारीहरूले महानगरको योजनाको विरोध जनाएका हुन् ।
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो ।
काठमाडौँ महानगरपालिकाले आम नागरिकको सहज आवागमन, सहरी सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित योजना बनाएको भए पनि यसको विरोध स्थानीयले गरेका छन् । महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको थियो ।
दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गर्नुपर्ने भन्दै महानगरले त्यसको लागि आवश्यक तयारी भइरहेको जनाएको छ । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने उनीहरूको भनाइ छ ।
महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावनाविरोधी रहेको बताए । स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दबाएर महानगरले जबर्जस्त कुनै काम गर्न नपाउने बताए ।
ऐतिहासिक स्थानलाई नो भेहिकल जोन बनाउने कुराको विरोध हुनु स्वाभाविक रहेको उनको भनाइ छ । न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने भएकाले विरोध जनाएको स्थानीयले बताए । स्थानीयहरुले भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौं, न्यूरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्यूरोडलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार