प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १४:३२:४०
५ असार, काठमाडौं । प्रेम सम्बन्धमा खटपट आएका कारण एक साताभित्र दुई जना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरी जवान अजित गोलले बुधबार बिहान संघीय संसद भवनको सौचलमा आफैले गोली हानेको भेटियो भने गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परिन ।
यी दुवैको मृत्युको कारण भने प्रेम सम्बन्ध नै भएको प्रहरीको अहिलेसम्मको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी पक्राउ परिसकेका छन् । आज पनि प्रेमिकाले बेवास्ता गर्दा प्रहरी जवानले आफैँलाई गोली हानेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोलेले प्रेमिकासँग सम्बन्ध बिग्रिँदा आफैंलाई गोली हानेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष हो । दोलखाको मेलुङ गाउँपालिका ४ का प्रहरी जवान २२ वर्षीय अजित गोले संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षाका लागि हतियारसहित खटिएका थिए । त्यस क्रममा उनले शौचालयमा गएर आफैँलाई गोली हाने ।
उनले राइफल भुइँमा अड्याएर खुट्टाले निधारमा ताकेर गोली चलाएको प्रहरीको अनुमान छ । सीसीटीभी फुटेजलगायतबाट पनि उनले नै गोली हानेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् । उनी बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि संसद् भवनमा ड्युटीमा खटिएका थिए । तीन वर्ष पहिले प्रहरी जवानमा भर्ना भएका गोले संसद् भवनमा गत जेठ २८ गतेदेखि खटिएका थिए ।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए । घटनास्थलमा उनको मोबाइल पनि फेला परेको छ । उक्त मोबाइलमा भएको म्यासेजका आधारमा उनले प्रेमिकासँगको खटपटका कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निचोड छ । शौचालयमा फेला परेको गोलेको मोबाइलमा घटनाकै समयमा एक युवतीसँग कुरा गरेको पनि देखिएको छ ।
हाल दुबईमा रहेकी ती युवतीसँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलिसकेको छ । तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागन्जमा राखिएको छ ।
यता, २५ वर्षीया प्रहरी जवान करिश्मा सुनारको मोबाइलमा पाइएको सूचनाका आधारमा घटनामा आत्माहत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई बाँके बैजनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरिएको छ । मृतक महिला प्रहरीको मोबाइलमा फेला परेका म्यासेजका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिएका छन् ।
उनीहरुबीचमा विवाद भएका म्यासेजहरू फेला परे । मृतकका परिवारले पनि उनीविरुद्ध जाहेरी दिए । त्यसैका आधारमा अदालतबाट ७ दिनको म्याद लिएर आत्माहत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक द्विवेदीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार