रोहित-विराटको कीर्तिमान उत्कृष्ट तर बार्बाडोस टीम इण्डियाका लागि दुर्भाग्यपूर्ण !
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १५:५६:५३
५ असार, काठमाडाैं । टीम इन्डिया T20 विश्वकपकाे सुपर-८ को लागि तयारीमा छ। जुन २० मा अफगानिस्तानसँगको खेलअघि सम्पूर्ण टोलीले कडा मेहनत गरेको छ । अब खेल अघि भारतका लागि राम्रो संकेत देखिएको छ । रोहित शर्मा र विराट कोहलीको कीर्तिमानले भारतीय टोलीको जिततर्फ संकेत गरिरहेको छ ।
टीम इण्डिया सुपर-८ को समूह-१ मा छ र कुल तीन खेल खेल्नुपर्नेछ। उसको पहिलो खेल जुन २० मा अफगानिस्तानसँग हुनेछ। रोहित शर्माको कप्तानीमा रहेको टोलीले यस प्रतियोगितामा अहिलेसम्म एक खेल पनि हारेको छैन । बार्बाडोसमा हुने यस खेलमा पनि टोलीले जितको सिलसिला यसरी नै जारी राख्न चाहन्छ ।
यसैबीच, टोलीका दुई सबैभन्दा अनुभवी खेलाडी रोहित शर्मा र विराट कोहलीको बारेमा एउटा आंकडा बाहिर आएको छ, जसले भारतका लागि राम्रो संकेत दिएको छ। रोहित र विराटसँग यहाँ पहिले खेल्ने अनुभव छ र उनीहरूको तथ्याङ्क पनि राम्रो छ। यदि दुवैले आफ्नो अघिल्लो कीर्तिमान अनुसार खेले भने भारतको जित निश्चित छ ।
के छ रोहित र विराटको कीर्तिमान ?
कप्तान रोहित शर्माले टी-२० विश्वकप २०२४ मा विराट कोहलीसँग ओपनिङ गर्ने ठूलो निर्णय लिएका थिए । यद्यपी दुबैको जोडी अहिलेसम्म सफल हुन सकेको छैन तर यसपटक यो जोडीले चमत्कार गर्न सक्छ । सबैभन्दा पहिले कप्तान रोहित शर्माको कुरा गरौं । बार्बाडोसको पिच रोहित शर्माका लागि अहिलेसम्म निकै भाग्यशाली सावित भएको छ ।
उनी यस मैदानमा भारतका सबैभन्दा सफल ब्याट्सम्यान बनेका छन् । यहाँ उनले दुई इनिङ्समा १५५ को स्ट्राइक रेट र ८४ को औसतमा कुल ८४ रन बनाएका छन् । सन् २०१० को टी–२० विश्वकपमा रोहितले सोही मैदानमा अस्ट्रेलियाविरुद्ध ४६ बलमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तर, त्यो खेलमा उनी बाहेक अरु कुनै ब्याट्सम्यान टिक्न सकेनन् र भारतले खेल गुमाएको थियो ।
विराट कोहलीको कुरा गर्ने हो भने वेस्ट इन्डिजमा उनको रेकर्ड निकै उत्कृष्ट रहेको छ । तर, उनी बार्बाडोसमा पहिलो पटक ब्याटिङ गर्न आउनेछन् । कोहलीले वेस्ट इन्डिजमा तीन खेल खेलेका छन्, जसमा उनले १४१ को स्ट्राइक रेट र ३७ को औसतमा ११२ रन बनाएका छन्। जसमा अर्धशतक पनि समावेश छ । वेस्ट इन्डिजमा दुवै ब्याट्सम्यानको कीर्तिमान भारतका लागि राम्रो संकेत हो । अब उनले टोलीका लागि यो कीर्तिमान फेरि दोहोर्याउनु पर्ने छ।
बार्बाडोस टीम इण्डियाका लागि दुर्भाग्यपूर्ण छ
बार्बाडोसमा रोहित शर्माको कीर्तिमान र वेस्ट इन्डिजमा विराट कोहलीको कीर्तिमान उत्कृष्ट हुन सक्छ तर यो मैदान भारतीय टोलीका लागि निकै अशुभ रह्यो । टी-२० विश्वकपमा भारतले यहाँ दुई खेल खेलेको छ र दुवैमा हार बेहोरेको छ । भारतले यी दुवै खेल सन् २०१० मा खेलेको थियो । एउटामा अस्ट्रेलियाले भारतलाई हराएको थियो भने अर्कोमा वेस्ट इन्डिजले भारतलाई हराएको थियो । अब १४ वर्षपछि भारतीय टोलीले यही मैदानमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तो अवस्थामा टीम इन्डियाको भाग्य यसपटक फेरिन्छ कि फेरि पराजय बन्छ, हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार