कांग्रेसले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी भव्य रुपले मनाउने
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार १७:५४:२६
५ असार, काठमाडौं । नेपाली कांग्रेसले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी भव्य रुपमा मनाउने भएको छ । यही असार १८ गतेदेखि तीन दिनसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा कोइरालाको जन्म शताब्दी मनाउन लागिएको हो । कांग्रेसले यसअघि वीपी महोत्सव पनि भव्य रुपमा मनाएको थियो ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले कोइरालाको जन्म शताब्दी मनाउने तयारी थालेको छ । विभागको बुधबार बसेको बैठकले विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म कार्यक्रम राख्ने निर्णय गरेको छ । कोइरालाका जीवनकालमा खिचिएका दुर्लभ फोटो प्रदर्शनी, चित्रकला प्रदर्शनी, विचार गोष्ठी लगायत कोइरालाको समयकालमा भएका गतिविधि र राजनीतिक घटनाहरूलाई समेटेर कार्यक्रम बनाइने विभागले जनाएको छ ।
कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो भने ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा उनको निधन भएको थियो । कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री र चार कार्यकाल कांग्रेसको पार्टी सभापति भएका थिए । १० वर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले अग्रणी भूमिका रहेको थियो ।
सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई नै जान्छ । उनको जन्म शताब्दीमा विभिन्न दलका नेता, व्यापारी, लेखक, बुद्धिजीवी, समाजसेवी, नागरिक समाज, कलाकार लगायतका क्षेत्रमा कार्यरत रहेकाहरू निमन्त्रण पठाइने आजको बैठकले निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार