यस्तो छ आजको वैदिक राशिफल
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १०:१२:४५
६ असार, काठमाडौं । आजमिति २०८१ साल असार ६ गते विहिवार तदअनुसार जुन २० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको त्रयोदशी तिथी, अनुराधा नक्षत्र, । साध्य योग । चन्द्र राशि वृश्चिक । यो शुभ योग हो ।
अभिजित् मुहूर्तः बिहान ११ः३७ देखि १२ः३२ सम्म, काठमाण्डौंमा सुर्योदयः बिहान ०५ः०९, सुर्यास्तः बेलुका ०७ः ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय ठिकै छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं: पहेलो
शुभ अंक: ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं: निलो
शुभ अंक: ७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं: पहेलो
शुभ अंक: ५
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं: पहेलो
शुभ अंक: २
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं: पहेलो
शुभ अंक: २
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं: रातो
शुभ अंक: ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं: हरियो
शुभ अंक: १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं: रातो
शुभ अंक: ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं: हरियो
शुभ अंक: ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं: वैजनी
शुभ अंक: ६
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं: निलो
शुभ अंक: ८
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं: सेतो
शुभ अंक: ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल बढ्यो
असोज २८, २०८१ सोमबार
धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर
असोज २८, २०८१ सोमबार
आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी, सडकमा चहलपहल बाक्लो
असोज २७, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा
असोज २८, २०८१ सोमबार
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
असोज २८, २०८१ सोमबार
हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो
असोज २८, २०८१ सोमबार
खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने
असोज २८, २०८१ सोमबार
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
असोज २८, २०८१ सोमबार
काठमाडौं उपत्यकामा फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थाल्यो
असोज २८, २०८१ सोमबार
महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा
असोज २८, २०८१ सोमबार