राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १७:५८:३०
६ असार, इलाम। इलाममा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) तुलसीराम प्रसाई छानबिनको दायरामा परेका छन् । इलाममा रहेका नेपाल प्रहरीका तत्कालीन एसपी वासुदेव खतिवडा तरुनी काण्डमा मुछिएको र उनलाई जोगाउने भुमिकामा रहेका प्रसाईलाई विभागले छानबिन गरिरहेको छ ।
“प्रधानमन्त्रीको प्रत्यक्ष मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रसाईले आफ्नै कर्मचारीलाई परेको अन्यायमा साथ नदिई नेपाल प्रहरीका एसपी खतिवडालाई जोगाउने भूमिका खेलेपछि विभागको छानबिनमा परेका हुन् ।” स्रोतले भन्यो
इलामस्थित प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागका एक तल्लो तहका कर्मचारीको घरबार बिगार्ने काममा एसपी खतिवडा लागेको र त्यसलाई प्रसाईले साथ दिएका थिए । घटना विवरणअनुसार गत वैशाखमा इलामको एक जलविद्युत कम्पनीमा कार्यरत महिला कर्मचारीसँग नेपाल प्रहरीका एसपीको इलुइलु चलेको घटना सार्वजनिक भएको थियो । सो घटना दबाएर एसपीलाई जोगाउने तथा ती कर्मचारीकै श्रीमानलाई दोषी देखाएर छोडपत्र गराउने काममा राअबिकै एसपी प्रसाई लागेपछि ती कर्मचारीले राजीनामा दिएर बाहिरिएका थिए । राष्ट्रिय अनुसन्धानका तल्लो दर्जाका कर्मचारीको श्रीमतीसँग मोजमस्ती गर्ने नेपाल प्रहरीका एसपी खतिवडालाई जोगाउने खेलो फड्कोमा विभागका प्रसाई देखिएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका थिए ।
सोही विषयका विभागमा हेलो सरकारमार्फत उजुरी परेपछि विभागका प्रमुख अनुसन्धान अधिकृत हुतराज थापाले छानबिन समिति बनाएर अनुसन्धान थालेका थिए । प्रसाईले सो समितिमा दुई पटक बयान पनि दिइसकेका छन् ।
सो समाचार स्रोतका अनुसार त्यही बेला विभागका जुनिएर कर्मचारी र उनको परिवारका अन्य सदस्यलाई पनि थर्काएर, धम्क्याएर ती युवतीसँग सम्बन्ध विच्छेद गराई खतिवडालाई उन्मुक्ति दिइएको थियो । ‘इलामकै एक हाइड्रोपावर कम्पनीमा कार्यरत महिला कर्मचारीसँग लहसिएको घटनाक्रमले प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङलाई समेत अप्ठेरो पर्ने भएपछि एसपी खतिवडालाई प्रहरी प्रधान कार्यालय तानिएको थियो तर विभागका प्रसाई भने अझै इलाम मै छन् ’, स्रोतले भन्यो ।
स्रोतका अनुसार ती अधिकारीका अनुसार एसपी खतिवडा दिउँसै मदिरापान गरेर इलाम बजारमा घुम्ने र प्रहरी कर्मचारीलाई हप्काउने तथा व्यापारीहरूलाई पनि धम्क्याउने गरेको गुनासो पनि प्रहरी प्रधान कार्यालयमा आएको थियो । तर, पछिल्लो पटक चाहिँ एक महिला कर्मचारीसँग भएको उनको सम्बन्ध बारे ठूलै हल्लीखल्ली मच्चिएपछि नै सरुवा गर्नुको प्रमुख कारण रहेको छ ।
यो विषयमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पनि उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै आईजीपी वसन्त कुँवरलाई रिपोटिङ गरेका छन् । प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाले खतिवडाको छानबिन गरिरहेको जनाएपनि प्रसाईको छानबिनबारे केही बाहिर आएको थिएन ।
‘राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीकै श्रीमतीमाथि यौन दुर्व्यवहार हुनु, उसैले जागिर छाड्नु तथा श्रीमतीलाई पनि सम्बन्ध विच्छेद गराउनु र नेपाल प्रहरीका एसपीलाई जोगाउन २५ लाखको बार्गेनिङ गरी ५ लाख लिएर सहजकर्ताको भूमिकामा विभागकै उपअनुसन्धान निर्देशक प्रसाई लागेको भन्ने उजुरीमाथि छानबिन चलिरहेको छ’, विभाग स्रोतले भन्यो । यो घटना वैशाख अन्तिमको हो । तर पनि त्यतिबेला इलाममा कार्यरत नेपाल प्रहरीका एसपीलाई प्रहरी प्रधान कार्यालय तानेर राख्ने बाहेक कुनै कारवाही भएको छैन भने तुलसी प्रसाईलाई इलाममै रजगज गर्न दिइएको छ ।
यस सम्बन्धमा उप अनुसन्धान निर्देशक प्रसाईसँग जिज्ञासा राख्दा हेलो सरकारमार्फत आफू विरुद्ध उजुरी परेको बताउँदै राअवि सुशासनमा काम गर्ने संस्था भएकोले समाचारमा कुनै सत्यता नभएको प्रष्टाए । आफूले जागीर खाएको संगठनमा कुनै पनि घटनाको प्रतिक्रिया दिने अधिकार आफूसँग नभएकोले मुकदर्शक भएर बस्नु बाहेक विकल्प नभएको नेपालबहसलाई बताए ।
कुराकानी कै क्रममा उनले भने, “जसले मलाई खलनायक पात्र बनाउने, मेरो नैतिक आचरणमा प्रश्न उठाएर चरित्रहत्या गर्ने प्रयास आश्चर्यजनक छ । ” विभागले हालसम्म आफूलाई मौखिक स्पष्टीकरण पनि नसोधेको, नबोलाएकोले सरुवा भएर आएदेखि जिल्ला छाडेको छैन, उनले भने । बरु आफैले दुई पटक चीफ साहेबसँग जिज्ञासा राखेको दावी गर्दै प्रसाईले यो केशमा कसैले एक रुपैयाँ खाएको प्रमाण देखाए जे सजाय भोग्न पनि आफू तयार रहेको दावी गरे । आफूलाई नखाएको विष लागेको बताउँदै उनले उजुरी बारे कति जनालाई स्पष्टीकरण दिँदै हिँड्नु, कसलाई सम्झाउनु भन्दै आफू पीडादायी अवस्थामा ग्रुजिएको बताए । आफूले आफ्नै कर्मचारीको पक्ष लिएर घटना बारे चासो मात्र दिएको उनको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
माघ १७, २०८१ बिहिबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
माघ १७, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
गुल्मीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु
माघ २०, २०८१ आइतबार
महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार
झापामा कुटपिटबाट एक जनाको मृत्यु
माघ २०, २०८१ आइतबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार