महिला संघमा समानान्तर समितिको विवादका बीच एउटै मञ्चमा देखिए शेखर र देउवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १३:२:७
![](https://nepalbahas.prixacdn.net/media/albums/deuba-mahila-vela_gojVwuaIcf_S7ZTe3u1Bl_4KakuS0jO8.jpg)
६ असार, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले आयोजना गरेको एक कार्यशाला गोष्ठीमा पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहका वरिष्ठ नेता डा. शेखर कोइराला एउटै मञ्चमा उभिएर कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा सहभागी भए भने अर्का महामन्त्री गगन थापा अनुपस्थित रहेका थिए ।
सभापति शेरबहादुर देउवाले महिला संघमा तदर्थ कार्यसमिति मनोनीत गरेपछि विवाद भएर कोइराला समूहले समानान्तर समिति बनाएको थियो । अहिले महिला संघसहित तरुण दल, नेविसंघ लगायतको कार्यसमिति भंग गर्ने तयारी भएपछि शेखर कोइरालाले समानान्तर समिति बनेको महिला संघलाई एक बनाउने भन्दै प्रयास थालेका थिए । त्यही प्रयास अनुरूप बिहीबार महिला संघले कार्यशाला गोष्ठी राखेको थियो ।
समानान्तर समिति बनाएका महिला नेतृहरुले भने संघको कार्यसमिति भंग भएर बराबरी सहभागिता हुने गरी नयाँ कार्यसमिति बनेपछि मात्र यो सम्भव हुने बताएर कोइरालालाई मिल्न नसकिने भन्दै दवाव दिएका थिए । आजको कार्यक्रममा अनुपस्थित भएको बारे कोइराला समूहकी एक नेतृले नेपालबहससँग भनिन्, ‘ शेखर दाइले यसरी हुँदैन, समानान्तर समिति बनाएर जानुपर्छ भनेपछि हामीले समानान्तर समिति बनाएका हौँ । अहिले कार्यसमिति भंग नभएको अवस्थामा हामी एक छौ भन्ने अवस्था रहँदैन । यसैले हाम्रो सहभागिता नरहेको हो ।’
विभाजित महिला संघलाई एक बनाउने विषयमा सभापति देउवासँग कुरा भएपछि कोइरालाले दुवै समूहलाई एक ठाउँमा राख्ने प्रयास गरेको सो समूहका एक नेताले बताए । कोइरालाको सचिवालयबाट पनि समानान्तर समितिमा रहेका महिला नेतृहरुलाई कार्यक्रममा सहभागी हुन खबर गरिएको थियो । तर, अहिले नै यसरी सहभागी हुँदा हिजो किन समानान्तर समिति बनाएको भन्ने प्रश्न उठेर हामी फेरी तल पर्छौ भन्दै महिला नेतृहरुले कार्यसमिति भंग नभएसम्म जान नसकिने भनेका थिए ।
संघलाई एक बनाउन पहल गरिरहेका कोइराला कार्यक्रममा नजाने कुरा भएन । यो परिस्थिति आएपछि महामन्त्री गगन थापाले समानान्तर समितिमा रहेका महिला नेतृहरुलाई तपाईहरु जाने कि के गर्ने भनेर सोधेका थिए । उनीहरुले अहिले नै हाम्रो समूह जाँदैन भनेपछि महामन्त्री गगनले उसो भए म पनि जान्न, पछि जे पर्छ हेरौँला भनेका थिए । यसैले गगन थापा पनि आजको कार्यक्रममा उपस्थित भएनन् ।
कोइराला भने महिला संघमा देखिएको विवाद मिलाएर यो कार्यसमिति भंग गरी ६० र ४० अनुसार अर्को सहमतिको महिला संघ गठन गर्ने अभियानमा लागेका छन् । यसबारे कोइराला समूहमा पर्याप्त छलफल नभए पनि आजको कार्यक्रममा समयमा आएको एक नेताले बताए । आजको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवा र नेता कोइरालाले संघमा विभाजन आउन नहुने बताएका थिए ।
कांग्रेसमा अन्तर्घातको रोग हटाउने प्रयासमा आफू लागेको कोइरालाको भनाइ थियो । सभापति देउवाले पूर्वराष्टपति विद्यादेवी भण्डारीकाे उदाहरण दिँदै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई आग्रह गरेका थिए । कांग्रेसमा अन्तर्घातको रोग भएकाले यसबाट मुक्त गराउन महिलाको भूमिका आवश्यक रहेको देउवाको भनाई थियो । उनले नेपालकाे राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको उल्लेख गरे । नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भुमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरूलाई अहिले महिलाहरूलाई ठाउँ दिइएको उल्लेख गर्दै उनले महिलाहरूको भूमिका अझ बढी र प्रभावकारी,सशक्त हुने विश्वास विश्वास व्यक्त गरे ।
कार्यक्रममा कोइरालाले नेपाली कांग्रेसभित्रै गठबन्धन गरे अन्य दलसँग गठबन्धन गर्नु नपर्ने दाबी गरे । उनले निर्वाचन जित्न अन्य दलसँग नभई पार्टी भित्र गठबन्धन गर्नु आवश्यक रहेको धारणा राखे । ‘हामीहरू गठबन्धन गर्छौं । गठबन्धन गर्दा खेरि घात र अन्तर्घात हुन्छ भनिरहेका छौं राजनीतिक दलबीचमा । हामी गठबन्धन हामीहरू बीचमा गरौं । मलाई के लाग्छ भने नेपाली कांग्रेसबीच गठबन्धन गर्यौँ भने अन्य दलले हराउन सक्दैन । अन्य दलसँग गठबन्धन गर्नै पर्दैन ।’ उनले भने,‘राष्ट्रियता, प्रजातन्त्र, समाजवादको बारेमा हामी जे कुरा गर्छौं त्यो अरु दलले गर्दैनन् ।’
कोइरालाले अबको निर्वाचनमा महिलालाई पालिकाको अध्यक्षको उम्मेदवार बनाउनुपर्ने धारणा राखे । ‘प्रदेश र संघको निर्वाचनमा त ३३ प्रतिशत आरक्षण छँदैछ ।’ ‘समानुपातिकमा फरक पार्टीका महिला–महिलाबीच नै प्रतिस्पर्धा गरेर अगाडि बढाउनुपर्छ। अहिलेदेखि नै रणनीति बनाउनुपर्छ ।’ उनले महिलाको नेतृत्व वर्चश्व भएका विश्वका देश र स्थानमा सुशासन बढी र भ्रष्टाचार कम भएको दाबी गरे । उनले भने, ‘हाम्रो देशमा भ्रष्टाचार बढेको छ । सुशासन र पारदर्शिता त छँदै छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार