वर्षा नहुँदा जुम्ली किसानलाई रोपाइँमा समस्या

नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १३:४४:१०

६ असार, जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो ।
समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकेको तिला गाउँपालिका– १ का स्थानीय किशोर रावतले जानकारी दिए। “पानी परेको छैन, खेतबारी सुक्खा छन्, सिँचाइको कुनै सुविधा छैन, यस वर्ष असार लागे पनि खेतीपाती लगाइएको छैन, गाउँमा खाद्यन्न सङ्कट आउने अवस्थाको परिस्थिति रहेको छ”, उनले भने ।
गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा खाद्यबालीमा निकै ह्रास आउने तिला गाउँपालिकाका बासिन्दा बताउँछन् । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका अन्यबाली नपसाउँदै सुक्न थालेका छन् । विषेशगरी जिल्लाका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवालाई खडेरीले निकै क्षति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए।
हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौँलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका–४ का किसान रतन रोकायाको भनाइ छ । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । वर्षा नभएको खण्डमा यस वर्ष जिल्लामा खाद्यन्न बालीदेखि स्याउ उत्पादनमा धैरे कमी आउने कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा अहिलेसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । जुम्ली किसानको मुख्य आयस्रोत नै स्याउखेती हो । पछिल्लो समयमा स्याउ बीमाको महत्त्वबारे जानकार भएपछि जिल्लाका आठ वटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको शिखर इन्सोरेन्स कम्पन्नीको जिल्ला शाखाले जनाएको छ ।
पानी अभावले रोपाइँमा समस्या
असार महिना विशेषगरी धान रोप्ने समय हो । जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । यस वर्ष पानी नपर्दा यहाँको हिमा र तिलाका किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा–४ का स्थानीय माया रोकायाले जानकारी दिए।
सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
फोर नेसन्स च्याम्पियनसिपः लेबनानलाई हराउँदै फाइनलमा नेपाल
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
फोर नेसन्स च्याम्पियनसिपः लेबनानलाई हराउँदै फाइनलमा नेपाल
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
फोर नेसन्स च्याम्पियनसिपः लेबनानलाई हराउँदै फाइनलमा नेपाल
फागुन ८, २०८१ बिहिबार