६ लाखभन्दा बढीले भुक्तानी नपाएका दुग्ध किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १३:५०:२३
६ असार, काठमाडौं । सांसदहरूले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक निर्माण विस्तार, विमानस्थलको स्तरोन्नती एवं सञ्चालन र जलवायु परिवर्तनको असरतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको समस्या तत्कालै समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए । उनले सात महिनादेखि किसानले ६ लाखभन्दा बढी किसानले भुक्तानी नपाएको जानकारी गराए ।
लोकतन्त्रमा न्याय पाउनका लागि लाखौँ व्यक्ति प्रदर्शनीमा आउँछन् अनि सुनिन्छन्, त्यो लोकतन्त्र होइन, अन्यायमा परे भनेर एकजनाले मात्रै प्लेकार्ड देखाउँछ । समस्या समाधान हुन्छ भने त्यो लोकतन्त्र हो, उनले भने ।
सांसद बिना लामाले वर्तमान राजनीतिक व्यवस्थाले नागरिकको अवस्था सुध्रन नसकेको गुनासो गरिन् । उनले संसद् सचिवालयका कर्मचारी र दुग्ध किसानको आन्दोलनबारे ध्यानाकर्षण गराउँदै आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरिन् ।
सांसद विनिताकुमारी सिंहले सडक विभाग लहान र ठेकेदार कम्पनीको लापरबाहीका कारण सप्तरी क्षेत्र नं २ अन्तरगत रहेको तोपा बजारमा दुई महिनादेखि सडक निर्माण अधुरै रहेको भन्दै कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद श्यामकुमार घिमिरेले प्राविधिक शिक्षाको आवश्यकता औल्याउँदै सीटीईभीटीले सम्बन्धन दिने तथा नयाँ कार्यक्रम सञ्चालनबारे अन्योल चिर्न माग गरे । प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षाका लागि शैक्षिक संस्था खोल्न आवश्यक कानुन ल्याउनुपर्ने उनको भनाइ थियो ।
सांसद शान्ति विकले संसद् सचिवालयका कर्मचारीको आन्दोलनले सदन प्रभावित भएको भन्दै आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद शान्ति श्रेष्ठले जलवायु परिवर्तनको असरस्वरूप नेपालमा पानीको मुहान सुक्दै गएको भन्दै उनले कृषियोग्य जमिनको संरक्षण र वृक्षारोपणलाई प्राथमिकता दिन जोड दिइन् । वर्षायामको समयमा प्राकृतिक विपत जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी गर्न सुझावसमेत दिइन् ।
सांसद शिव नेपालीले राष्ट्रिय हितका लागि सबै राजनीतिक दल र नेतृत्व एक ठाउँमा उभिन आह्वान गरे । उनले मूलपानी खेल मैदानको स्तरोन्नती र खेलाडीका लागि तलब भत्ता वृद्धि गर्न सुझावसमेत प्रस्तुत गरे । सांसद शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण र विस्तारमा सचेतना अपनाउन साथै पोखरा र भैरहवा विमानस्थलको सञ्चालनतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद शंकर भण्डारीले श्रींगपर्च कृष्ण मार्ग सडक लामो समयदेखि कानुनी उल्झनले अधुरै रहेको भन्दै तत्काल उक्त मार्ग बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद हर्कमाया विश्वकर्माले दलित समुदायको उत्थान लक्षित बजेटको माग गरिन् । सांसद हरि ढकालले नेपाल धितो पत्र बोर्डमा पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा पुँजी बजार प्रभावित भएको बताए ।
सांसद सोविता गौतमले सरकारको सतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम, राष्ट्रिय ध्वजाबाहक वायुसेवा निरन्तर घाटामा गएको उल्लेख गर्दै यसका सुधारका लागि गठित कार्यदलको प्रतिवेदनको सुझाव कार्यान्वयन नभएको बताइन् । उनले सरकारसँग सुझाव कार्यदलले दिएको कति सुझाव कार्यान्वयन भए र नभएकाबारे सदनलाई जानकारी दिनुपर्ने बताइन् ।
सांसद हितराज पाण्डेले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी बढाउने विषय सरकारको प्राथमिकतामा परे पनि गोरखा जिल्लास्थित कृषि क्याम्पस निर्माण गर्ने निर्णय कार्यान्वयन हुन नसकेको भन्दै तत्काल काम सुरु गर्न ध्यानाकर्षण गराए । सांसद ज्ञानु बस्नेत सुवेदीले किसान संघर्ष दिवसका अवसरमा २०३४ सालमा चितवनको जुगेडिमा भएको विरोध कार्यक्रममा मृत्यु भएका चेपाङ समुदायका तीन जनालाई सहिद घोषणा गर्नुपर्ने माग गरिन ।
सांसद हेमराज राईले सानो पुँजीमा परम्परागत सीप, प्रविधि र सीप एवं सामग्रीबाट घरेलु मदिरा उत्पादन र प्रयोग गर्ने गरिएको भन्दै यसलाई निश्चित गुणस्तर मापदण्ड कायम गरी निर्धारण गरी ब्रान्डिङ गर्न सुझाव दिए । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हाइटेन्सन विद्युत् प्रसारण लाईन विस्तारका क्रममा सुनसरी जिल्लास्थित जग्गा अधिग्रहण गर्दा स्थानीयलाई उचित मुआब्जा उपलब्ध गराउन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार