भक्तपुरका किसानलाई धान रोप्ने चटारो
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १५:४८:३१
६ असार, भक्तपुर । यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतहरुमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।
पानी परेर खेतका गह्रा भरिएपछि धान खेती गर्न नभइ नहुने रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, रोप्न थाल्यौँ, चाँगुनारायण नगरपालिका–४ छालिङ्मा खेतमा रोपाइँ गरिरहेकी किसान कल्पना वासीले भनिन् । ।
विगतका वर्षमा असार १५ ताका किसानलाई भ्याइनभ्याइ हुनेमा यसवर्ष असार १५ अघि नै पानी परेपछि जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँ हुन थालेको चाँगुनारायण–९ का किसान सानुभाइ गिरीले बताए । उनका अनुसार कतिपय किसानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् ।
सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यसवर्ष आकाशे पानी समयमा नै परेकाले किसान रोपाइँमा लागेका हुन् ।
सूर्यविनायक नगरपालिका–८ नखेलका किसान पूर्णिका थापाले खेतमा काम गर्ने ज्यामी नपाउँदा समस्या परेको बताए । खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्याे, मल नपाए यसवर्ष उत्पादन घट्छ, उनले भने ।
खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने चिन्ताले सताएको किसान बताउँछन् ।
धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधिको प्रयोग बढाउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सकिने कृषि प्राविधिक हरिकृष्ण नेपालले बताए । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले आधुनिक प्रविधिमा सहुलियत प्रदान गरी सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण
असार १३, २०८१ बिहिबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
एसईईको रिजल्ट हेर्न मिल्ने १० वटा वेबसाइट खुल्नै गाह्रो
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार