रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको चासो
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १५:५४:३८
६ असार, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् ।
प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–अनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बुधबार हस्ताक्षर भएको सम्झौता अनुरूप रूसले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यकता अनुसार सहकार्य गर्ने रूसी राष्ट्रपति पुटिनले सम्झौतापछि उत्तर कोरियाली सञ्चारमाध्यमसँगको कुराकानीमा बताए ।
“यस प्रकारको सहकार्यले हाम्रा देश र वरपरका क्षेत्रको सुरक्षा सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको प्रत्यक्ष उल्लङ्घन गर्छ,” जापान सरकारका प्रवक्ता योशिमासा हयासीले बताए ।
“जापान राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर गम्भीर रूपमा चिन्तित छ,” उनले भने । राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको समीक्षा गर्नुपर्ने पनि बताए ।
“अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरित रूसले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्रसहित हतियार र गोलाबारुद खरिद गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको स्पष्ट उल्लङ्घन गर्दै युक्रेन आक्रमणमा प्रयोग गर्दै आइरहेको छ,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार