१५ करोड ७६ लाख मूल्य पर्ने साढे ४ किलो कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १७:०:४०
६ असार, काठमाडौं । लागु औषध कोकिनसहित ४ जना विदेशी नागरिकहरू पक्राउ परेका छन् । कोकिनको क्याप्सुल खाएर नेपाल ल्याउने गिरोह पक्राउ परेको हो ।
यसक्रममा भेनेजुएलाका नागरिक साइमन एन्टोनियो अल्फन्जो राडा एक केजी एक सय ९८ ग्राम र तान्जानियाका नागरिक डोनाल्ड ज्याक्सन मागुवाले एक केजी २ सय ६ ग्राम कोकिनसहित काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
विदेशी नागरिकहरूले ल्याएको उक्त कोकिनका क्याप्सुलहरू भारतको नयाँ दिल्लीसम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा बर्ष ६८ का तान्जानियाली नागरिक डोनाल्ड ज्याक्सन माबुगा, बोलिभियाली नागरिक ३३ वर्षीया लौरा क्रुज टिकोना, भेनेजुलियाली नागरिक ३९ वर्षीय साइमन एन्टोनियो अल्फोन्जो राडा, भारतीय नागरिक २७ वर्षीया लालरुवैत सांगी रहेका छन् ।
बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुन आउने प्रहरी उपरीक्षक एउवं प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । जेठ २७ गते काठमाडौं आएका मागुरा ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको पेटबाट ७७ थान क्याप्सुल निकालिएको थियो । उनी दुबई हुँदै काठमाडौं आएको थिए ।
ब्युरोका अनुसार राडा असार १ गते ब्राजिल हुँदै काठमाडौ आएका थिए । ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा उनको साथबाट ९२ थान कोकिनका क्याप्सुल बरामद भएको थियो । उनले पनि ती क्याप्सुल खाएर नेपाल ल्याएका थिए । ब्राजिलबाट आएकी एक महिल २ केजी एक सय ग्राम कोकिनसहित पक्राउ परेकी छिन् । उनले महिलाले लगाएको कपडाका बटनभित्र उक्त कोकिन राखेर नेपाल ल्याएको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार