गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १८:४:४४
६ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को जाहेरी दर्ता भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनीविरुद्ध परेको जाहेरी जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको छ ।
सिन्धुलीका युवराज पौडेल (सफल) ले रवि लामिछाने र जीबी राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए । उक्त जाहेरी हिजो बुधबार दर्ता भएको उनले जानकारी दिएका छन् । गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा २५ जना पीडितले लामिछानेसहित १८ जनाका नाममा पूरक जाहेरी दिएका थिए ।
पूरक जाहेरीमा लामिछानेसँगै सूर्यदर्शनका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणी बाँस्तोला र दीपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ । गोरखा मिडिया प्रालिसहित विभिन्न १४ वटा कम्पनीलाई पनि प्रतिवादी बनाउँदै दिएको जाहेरी दर्ता भएको पौडेलको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार