युक्रेनलाई हतियार बिक्री गर्ने प्रतिबन्धमा दक्षिण कोरियाले ‘पुनरविचार गर्ने’
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार २१:४९:६
६ असार, काठमाडौं । प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्न प्रतिबन्ध लगाउने लामो समयदेखिको नीतिलाई ‘पुनर्विचार’ गर्ने भएको छ । उत्तर कोरिया र रुसबीच रक्षा सम्झौतामा हस्ताक्षर भएपछि दक्षिण कोरियाली राष्ट्रपतिका एक अधिकारीले बिहीबार उक्त कुरा बताएको हो ।
बुधबार प्योङयाङको उच्च प्रोफाइल भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले बढ्दो सम्बन्धलाई जोड दिँदै ‘ब्रेकथ्रु’ सम्झौतामा हस्ताक्षर गरेको थिए । सम्झौतामा आक्रमण भए एकअर्कालाई सहयोग गर्ने वाचा समावेश गरिएको छ ।
सम्झौता भएको केही घन्टापछि ‘सोलले युक्रेनलाई हतियार सहायता प्रदान गर्ने मुद्दामा पुनरविचार गर्ने योजना बनाइरहेको’ राष्ट्रपतिका एक अधिकारीले पत्रकारहरूलाई बताए ।
दक्षिण कोरियालाई सक्रिय द्वन्द्व क्षेत्रहरूमा हतियार बिक्री गर्न रोक्ने सोलको लामो समयदेखिको नीति छ । वासिङ्टन र किएभबाट उक्त नीतिमाथि पुनर्विचार गर्न आग्रह भए पनि सोल यसमा अडिग छ ।
विश्वको शीर्ष हतियार निर्यातकहरूमध्येको एक बन्ने लक्ष्य राखेको दक्षिण कोरियाले किएभका सहयोगी पोल्यान्डलगायत युरोपेली मुलुकहरूलाई आफ्ना ट्याङ्क र होविट्जर तोपहरू बिक्री गर्नका लागि अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।
सोलले मस्को–प्योङयाङ सम्झौताप्रति आफ्नो ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । सम्झौताअनुसार दुवै मुलुक आफ्नो सैन्य र आर्थिक सहयोगलाई बलियो बनाउन सहमत भएका छन् । यसमा सशस्त्र आक्रमणको सामना गर्न तत्काल सैन्य सहायता पनि समावेश छ ।
“उत्तर कोरियाको सैन्य क्षमतालाई बलियो बनाउन सहयोग गर्ने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदको प्रस्तावहरूको उल्लङ्घन हो”, राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो–जिनले पत्रकारहरूसँग भने, “रुसले प्रस्तावको उल्लङ्घन र उत्तर कोरियालाई समर्थन गर्दा अनिवार्य रूपमा दक्षिण कोरिया–रुस सम्बन्धमा नकारात्मक असर पर्नेछ ।”
पुटिनले प्योङयाङमा रुस उत्तर कोरियासँग ‘सैन्य–प्राविधिक सहयोगलाई अस्वीकार गर्दैन’ भनेका थिए । यो प्रतिबन्धित आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर किमको शासनमाथि राष्ट्र सङ्घीय प्रतिबन्धको उल्लङ्घन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार