पर्यटक बसका चालक र सहचालकलाई पोशाक वितरण
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार २२:१६:१७
६ असार, काठमाडौं । पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई (रिफ्लेक्सन ज्याकेट) पोशाक वितरण गरिएको छ । नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को टोलीले आज पर्यटक सवारी साधनमा कार्यरत एक सय भन्दा बढी चालक र सहचालकलाई पोशाक वितरण गरेको हो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्ट सेवा प्रदान गर्न चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहने बताए । उनले पर्यटक सवारी साधनलाई देशको पूर्वदेखि पश्चिमसम्मका पर्यटकीय गन्तव्यमा पु¥याउन एशोसियशन लाग्नुपर्नेमा जोड दिए ।
वरिष्ठ निर्देशक ऐरले काठमाडौँमा पर्यटक सवारी साधनका लागि छुट्टै बसपार्क निर्माण गर्न नेपाल पर्यटन बोर्डले काम गरिरहेको जानकारी दिए । टिवानका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटक बसले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे । टिवानका सल्लाहकार केदारनाथ शर्माले पर्यटक बस चालकले देशको पर्यटकीय गन्तव्यमा दूतका रुपमा काम गरिरहेको बताए ।
चार दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई टिवानले बस सेवा प्रदान गर्दै आइरहेको छ । हाल काठमाडौँदेखि पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायतका स्थानमा सेवा प्रदान गर्दै आइरहेको टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना
असोज २८, २०८१ सोमबार
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
असोज २८, २०८१ सोमबार
दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी
असोज २८, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
नेपालबहस संवाददाता
असोज २७, २०८१ आइतबार
डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
असोज २७, २०८१ आइतबार
नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा
असोज २८, २०८१ सोमबार
लोप हुँदै गएको मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा
असोज २८, २०८१ सोमबार
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई प्रदान
असोज २८, २०८१ सोमबार
पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सुपा देउराली पुग्ने सडकको विस्तार
असोज २८, २०८१ सोमबार
भेडेटारको कोसेली हरियो सागसब्जी, व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ
असोज २८, २०८१ सोमबार
दशैं बजारमा तीन करोडको कारोबार
असोज २८, २०८१ सोमबार
नक्कली घुमुवा प्रहरी लागुऔषधसहित पक्राउ
असोज २८, २०८१ सोमबार