मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार ९:१२:९

७ असार, पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्रे गरिने जोमसोमस्थित कालीगण्डकी कोरिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्रे गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।
सडक कालोपत्रे गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उनले बताए ।
उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले रु ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो । करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै
फागुन ८, २०८१ बिहिबार
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
फागुन ८, २०८१ बिहिबार
अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ८, २०८१ बिहिबार
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै
फागुन ८, २०८१ बिहिबार
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
फागुन ८, २०८१ बिहिबार
अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ८, २०८१ बिहिबार
ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै
फागुन ८, २०८१ बिहिबार
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
फागुन ८, २०८१ बिहिबार
अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो
फागुन ८, २०८१ बिहिबार