१० औँ योग दिवसको अवसरमा भारतीय दुतावासले गर्यो १० वटै शहर र नगरपालिकामा भव्य कार्यक्रम
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार १३:५८:३०
७ असार, काठमाडौं । भारत सरकारले अघि सारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेको थियो । “बितेको दशकमा जुन प्रस्तावको रुपमा संयुक्त राष्ट्र संघको महासभाबाट योग दिवसको सुरुवात भएको थियो, त्यो अहिले स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने वैश्विक आन्दोलनमा परिणत भएको छ । योगलाई आज विश्वका सबै संस्कृति र सबै महादेशहरूले अपनाएका छन्,” नेपालका प्रधानमन्त्रीसहित विश्व नेताहरूलाई सम्बोधन गदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा श्रङ्खलाबद्ध रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने विषय (थिम) अनुरूप भारतीय राजदूतावासले मुख्य कार्यक्रम अगावै मिति गत जेठ २५ गते काठमाडौंमा एउटा पूज्य पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र अर्को माइती नेपालका चेलीहरूका लागि व्याख्यानसहितको प्रदर्शन गरी दुई वटा कार्यक्रमको आयोजना गरेको थियो ।
मानव चेतना र प्रकृतिबीच योगको भूमिका एक सेतुको रुपमा रहेको भन्ने कुरालाई जोड दिँदै काठमाडौंस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ५ गते पोखराको फेवातालको किनारामा ४५० भन्दा बढी सहभागीहरूका लागि योग तथा ध्यान अभ्यासको आयोजना गऱ्यो । सोही दिन योग र आयुर्वेदले स्वास्थ्यमा पुऱ्याउने फाइदाहरू उपर केन्द्रित हुँदै आयुर्वेद अभ्यासकर्ताहरुसँग मिलेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरूका लागि दूतावासले योग प्रदर्शन तथा निःशुल्क स्वास्थ्य परामर्शको पनि आयोजना गर्यो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति तथा कैयौं वरिष्ठ प्राध्यापकहरूको समेत सहभागिता रहेको थियो ।
नेपालस्थित भारतीय राजदूतावासले मिति २०८१ असार ६ गते पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गऱ्यो । ती स्थानहरू क्रमशः सराङकोट भ्यू पोइन्ट जहाँबाट अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक वातावरण र भव्य दृश्य एकैसाथ महसुस र देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित शान्ति स्तुप रहेका थिए । सो क्रममा योगका शारीरिक, मानसिक र आध्यात्मिक फाइदाबारे प्रकाश पार्दै अनुभवी योग प्रशिक्षकले सहभागीहरूलाई विभिन्न आसन, प्राणायाम र ध्यान विधिबारे जानकारी दिएका थिए ।
भारतीय राजदूतावासले लुम्बिनी विकास कोष, लुम्बिनीमा मिति २०८१ असार ६ गते ९०० भन्दा बढी सहभागीहरूका लागि एक वृहत् योग प्रदर्शनको पनि आयोजना गऱ्यो । कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरा लगायत अन्य प्रदेशीय नेताहरूको उपस्थिति रहेको थियो । लुम्बिनीका मुख्यमन्त्रीले भगवान बुद्धको जन्मस्थलमा महत्वपूर्ण योग कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिएका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ, चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वमाथि जोड दिएका छन् ।
पोखरा महानगरपालिकासँग सहकार्य गर्दै मिति २०८१ असार ७ गते पोखरा रङ्गशालामा आयोजना गरेको छ जुन एकदमै ठूलो योग प्रदर्शन कार्यक्रम भारतीय राजदूतावासले सन् २०२४ मा नेपालमा मनाएको अन्तर्राष्ट्रिय योग दिवस उत्सवको केन्द्रविन्दुमा रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र त्यस क्षेत्रका ५००० भन्दा बढी योगमा अभिरुचि राख्नेहरूले सहभागिता जनाएका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले यस वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गरेका छन् । उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपाल सरकारले समर्थन गरेको बताए । उनले योग भारत र नेपाल बीचको प्रगाढ र दिगो सांस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको कुरामा जोड दिए ।
सोही अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने र नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । पोखरा महानगरपालिकाका मेयरले पोखरालाई नेपालकै पर्यटकीय राजधानीका रुपमा स्थापित गर्नका लागि पोखरामा यस्ता ठूला कार्यक्रम आयोजना गरी पहल लिन सहयोग गरेकोमा दूतावासलाई धन्यवाद व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय योग दिवस मनाउन हरेक वर्ष दूतावाससँग सहकार्य गर्न पोखरा तत्पर रहेको बताए ।
भारतको महावाणिज्य दूतावासले पनि जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करणलाई समापन गर्न भारतीय राजदूतावासले मध्य नेपाल नगरपालिकासँगको सहकार्यमा मिति २०८१ असार ८ गते सुन्दर लमजुङ जिल्लामा योग प्रदर्शन कार्यक्रमको आयोजना गर्ने भएको छ । योग र समग्र स्वास्थ्य अभ्यासमा साझा रुचिको आधारमा भारतीय राजदूतावास नेपालसँग जनता–जनता र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार