११ महिनामा १५ खर्ब ९२ अर्बको वैदेशिक कारोबार गर्दा १३ खर्ब १४ अर्ब घाटा, १३४ देशसँग ऋणात्म
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार १५:२९:५०
७ असार, काठमाडौं । पछिल्ला वर्षहरूमा आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार घाटा खुम्चिएको छ । तर, नेपाल भित्रिने वस्तु तथा सेवाको आयात केही घटे पनि निर्यात नबढेपछि व्यापार घाटा उच्च नै छ । नेपालमा एक महिनामा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ११ महिनाको वैदेशिक व्यापारको अवस्था हेर्दा आयात १४ खर्ब ५३ अर्ब छ भने निर्यात १ खर्ब ३९ अर्ब छ । कुल वैदेशिक व्यापार १५ खर्ब ९२ अर्बको हुँदा व्यापार घाटा १३ खर्ब १४ अर्ब छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ छ । गत वर्षको जेठ मसान्तसम्मको तुलनामा व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । गत वर्षको जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ थियो ।
उक्त अवधिसम्म आयात १.८४ प्रतिशत र निर्यात ३.०१ प्रतिशतले घटेको छ । विभागका अनुसार जेठ मसान्तसम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात भएको छ । आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक खर्ब ३९ अर्ब २६ करोड २३ करोड रुपैयाँको वस्तु तथा से वा निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा एक खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।
वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।
यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।
जेठसम्म ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपालको कुल निर्यातले आधा मात्र पेट्रोलियम पआर्थ किन्न समेत नपुग्ने अवस्था देखिन्छ । सवारी साधनको आयातमा ८० अर्ब ५८ करोड विदेशिएको छ । आइरन र स्टीलको आयात १ खर्ब ९७ अर्ब रुपैयाँको भएको छ । यसबीचमा तरकारीजन्य वस्तुको आयात मात्र २६ अर्ब रुपैयाँ बराबरको भएको छ । चिया र कफीको आयात १० अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ ।
मुलुकअनुसार हेर्दा भारतसँग सबैभन्दा धेरै व्यापार भएको देखिन्छ । भारतबाट ९ खर्ब ८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ ९४ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । चीनबाट नेपालमा २ खर्ब ७२ अर्ब रुपैयाँको सामान आएको छ । नेपालबाट चीनतर्फ भने मात्र २ अर्ब ४० करोड रुपैयाँको मात्र व्यापार भएको छ ।
नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा छ । विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ । भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका अनुसार चीनसँग २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँले व्यापार घाटा छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात हुँदा नेपालबाट २ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ । ने्पालको युएईसँग २६ अर्ब ५ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा छ । युएईबाट २८ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालले २ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
भारत, चीन, युएई, युक्रेन, मलेसिया, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्स, इन्डोनेसिया, साउदी अरब, कोरिया, थाइल्याण्ड, क्यानडा, सिंगापुर, ताइवान, ओमान, भियतनाम, जापानलगायत मुलुकसँग व्यापार घाटा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार