जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका तहसिलदार पाण्डेलाई उच्चले पठायो जेल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार १५:५०:७
७ असार, दाङ । बलात्कारको आरोपमा पक्राउ परेर धरौटीमा छोड्ने दाङ जिल्ला अदालतको आदेशलाई उच्च अदालत तुलसीपुरले उल्ट्याएको छ । दाङबाट सरुवा भई जनकपुर पुगेका दाङ निवासी अदालतका तहसिलदार निरन्जनवावु पाण्डेमाथि दाङ जिल्ला अदालतमा सेवा लिन आएकी घोराही उपमहानगरपालिका–१७ की २८ वर्षीया एक सेवाग्राही पीडित महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएकी थिइन् ।
उक्त मुद्दामा पाण्डेले सफाइ पाएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसी र डीएसपी जनकबहादुर मल्लले सेटिङमा पाँच दिन पक्राउ गरेर जिल्ला अदालत पेश गरिएको थियो । बलात्कारको आरोप लागेका अन्य व्यक्तिको हकमा दाङ प्रहरीले घटना अनुसन्धानको नाममा २५ दिन हिरासतमा राख्ने गरेको छ । पाण्डेको हकमा भने प्रहरीले ५ दिनमै फाइल बुझाएको थियो । यसले पनि यस मुद्दामा प्रहरीको मिलेमतो देखिएको हो । यसपछि पीडित महिलाले पनि प्रमाण नष्ट गर्न प्रहरी मिलेको आरोप लगाएकी थिइन् ।
पीडित महिलाले पाण्डे धरौटीमा छुटेपछि निरन्तर दाङ हुँदै काठमाडौंसम्म न्याय माग्दै धर्ना बस्दै आएकी थिइन् । घटना अनुसन्धानका नाममा एसपी केसी र डीएसपी मल्ल पाण्डेको सबैखाले प्रमाण मेटाउन वल पुग्ने गरी घटना अनुसन्धानको नाममा पीडित महिलाको मोबाइल नै कब्जा गरेका थिए । उनले अहिले पनि पाण्डेलाई बचाउन प्रहरीले नै प्रमाण मेटाइदिएको गम्भीर आरोप लगाउँदै आएकी छिन् ।
पीडित महिला केही दिनयता लगातार पाण्डेलाई प्रहरीको मिलेमतोमा मुद्दा कमजोर बनाएर सेटिङमा छाडिएको भन्दै जिल्ला प्रशासन कार्यालयको गेट अगाडि, जिल्ला अदालतको गेट अगाडि धर्ना दिँदै आएकी थिइन् । दाङ अदालतका जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले पाण्डेविरुद्धको बलात्कार मुद्दामा डेढ लाख धरौटी माग्दै छोड्न आदेश गरेको थियो ।
उक्त आदेश वदर गर्न माग गर्दै पीडितको तर्फबाट सरकारी वकिल कार्यालय उच्च अदालत पुनरावेदनको लागि पुगेको थियो । पीडितको माग बमोजिम उच्च अदालतले पाण्डेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उल्ट्याउदै पीडकलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको छ ।
उच्च अदालतका न्यायाधीश राजु सिलवाल र विष्णुप्रसाद अर्यालको संयुक्त इजलाशले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । दाङका प्रहरी प्रमुख एसपी केसीले अदालतले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको बताए । उच्च अदालतको आदेशपछि पाण्डे अब कारागार बस्नुपर्ने भएको छ ।
यसअघि उजुरी दिने ती महिलाले अदालतकै तहसिलदार पाण्डेलाई बलात्कारको झुटो आरोप लगाएकोमा अदालतले तोके बमोजिमको धरौटी रकम तिर्न नसकेपछि केही दिन जेल चलान भएकी थिइन् । सम्बन्ध विच्छेदपछि अंश मुद्दाका लागि अदालत पुगेकी ती महिलाले अदालतका तहसिलदारले आफूलाई अदालतभित्रै कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाएको कर्मचारीको भनाई छ ।
तहसिलदारसँग २५ लाख रुपैयाँ माग गर्दै नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिएको ति पीडित महिलामाथि पाण्डेको आरोप छ । गत चैत ७ गते जिल्ला अदालतमा न्यायाधीश लोकबहादुर हमालको इजलासमा भएको सुनुवाइमा पाण्डेले हनि ट्र्यापमा हालेको मुद्दामा ती महिलालाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी तिरेर छुटेपछि महिलाले पाण्डेविरुद्ध जबरजस्ती करणीको जाहेरी लिएर प्रहरीमा पुगेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार