आनाकानी नगरी सूचना माग्नेलाई समयमा उपलब्ध गराउन सिडिओको निर्देशन
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार १८:१२:१५
७ असार, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना अधिकारीहरूको बैठक सम्पन्न गरेको छ । बैठकमा सूचना अधिकारीहरूले भोग्न परेका समस्या र समाधानका विषयमा अन्तरक्रिया भएको थियो । जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र ११ वटै स्थानीय तहका सूचना अधिकारीहरूको सहभागिता रहेको थियो । सूचना अधिकारीहरूले सूचना माग गर्दा केही कठिनाइ आउने गरेको उल्लेख गरेका थिए ।
बैठकमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकले मागेको सूचना दिन आनाकानी नगर्न निर्देशन दिएकी छन् । संविधानले नै प्रदत्त गरेको अधिकार प्रयोग गरी सूचना उपलब्ध गराउन सूचना अधिकारीलाई प्रजिअ नेपालले निर्देशन गरेकी थिइन् ।
सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार संविधानले नै निर्दिष्ट गरेको छ प्रजिअ नेपालले भनिन्,‘सूचनाको हक ऐनमा उल्लेख भए अनुसार सूचना दिनु पर्छ ।’ कुन सूचना दिन मिल्ने वा नमिल्ने भन्ने ऐनमा नै उल्लेख छ, अध्ययन गरेर कानुनले निर्दिष्ट गरेको सूचना दिन आनाकानी गर्नुहुँदैन उनले भनिन् ।
सूचना वर्गीकरण र अद्यावधिक गरी सूचनामा नागरिकको पहुँचमा सरल र सहज बनाउन सूचना अधिकारीको महत्वपूर्ण भुमिका हुने प्रजिअ नेपालले बताइन् । मनसुन शुरु भइसकेको अवस्थामा मनसुन जन्य विपदका सूचनामा पनि अपडेट रहन उनले निर्देशन गरिन् ।
नागरिकको सेवा गर्न कै लागि जागिर खाएको उल्लेख गर्दै प्रजिअ नेपालले जागिर मात्रै नभएर सेवा भावमा लाग्न निर्देशन दिइन् । बैठकमा सूचना अधिकारीहरूले सूचना उपलब्ध गराउन प्राविधिक कठिनाइ हुने गरेको गुनासो गरे । विषयगत शाखाहरूले सूचना दिन ढिलाई गरिदिँदा सूचना अधिकारीले सूचना आयोगको सजाय भोग्नुपरेको पिडा व्यक्त गरेका थिए ।
जिल्लास्तरीय सूचना अधिकारीको बैठकमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी दीपक पौडेलले जिल्ला प्रशासन कार्यालयले गरेको कार्य सम्पादनका विषयमा उल्लेख गरेका थिए । आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला प्रशासन कार्यालयले ३ करोड ९५ लाख ६८ हजार २ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको जानकारी सहायक प्रजिअ तथा सूचना अधिकारी पौडेलले दिए ।
सुरक्षा समितिको बैठक २७, विपद व्यवस्थापन समितिको बैठक ७, सूचना अधिकारीको बैठक ४ पटक बसेको पौडेलले जानकारी दिए । आर्थिक बर्ष २०८०/०८१ मा नयाँ नागरिकता ८ हजार २ सय ९३, प्रतिलिपि ८ हजार ८ सय ९८, गैह्र आवासीय नागरिकता ४०, बैबाहिक अंगीकृत नागरिकता १५ जारी भएको पौडेलले जानकारी दिए ।
६ हजार ९ सय ८६ जनाको बायोमेट्रिक राहदानी संकलन गरिएको छ भने ७ हजार ४१ जनाले राहदानी प्राप्त गरेका छन् । सूचना अधिकारी पौडेलका अनुसार आर्थिक बर्ष २०८०/०८१ मा नाबालक परिचयपत्र ३ सय ८१, संस्था दर्ता २४, संस्था नवीकरण ४ सय २३, हतियार नामसारी ३, हातहतियार नवीकरण २४, दुई नामथर/दुई जन्म मिति प्रमाणित ८ सय ४१, भारतीय पेन्सन प्रयोजनमा विवरण प्रमाणित २ हजार ८ सय ५७ जारी भएको छ । सहायक प्रजिअ तथा सूचना अधिकारी पौडेलले सहभागी सूचना अधिकारीहरूलाई सबै कार्यालयमा नागरिक बडापत्र सहित नागरिकले देख्ने गरी सूचना अधिकारीको बोर्ड राख्न अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार