बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार २०:५०:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/baglung-badhi_1p0T7ml3V0_zbH8Xzw00c.jpeg)
७ असार, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढी पहिरोले २४ घर परिवार विस्थापित भएका छन् । एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढी पहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । उच्च जोखिममा परेका ती परिवारहरूलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए । बाढी पहिरोले मानवीय क्षति भने भएको छैन ।
क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए । उनका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ । भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ । सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिरोले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार