इङल्याण्डमाथि दक्षिण अफ्रिका ७ रनले विजयी
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार ६:४१:३५
८ असार, काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।
यस अघि पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौँ जित हो ।
त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ । अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार