ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार ६:५५:१
![](https://nepalbahas.prixacdn.net/media/albums/kalopatre_ZFz6hyqVX4_T4ysk7Edu1.jpg)
८ असार, बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक कालोपत्र भइसक्दासमेत राजमार्ग अझै सम्पन्न हुनसकेका छैनन् । पछिल्लो समय ग्रामीण सडक धमाधम कालोपत्र भइरहेको सन्दर्भमा बागलुङका तीन ठूला राजमार्ग भने वर्षोंदेखि कालोपत्र हुन नसकेका हुन् । बागलुङमा अहिले सञ्चालनमा रहेका ग्रामीण सडक कालोपत्र गर्ने आयोजना धमाधम सम्पन्न हुने चरणमा आए पनि २०७२ सालमा कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग भने अझै धुलाम्मे छ ।
गण्डकी प्रदेश सरकार अन्तर्गत चार सडक सम्पन्नताको चरणमा पुगेका छन् भने एक अलपत्र अवस्थामा छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक अहिले सम्पन्न भइसकेका छन् ।
तर राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन नसकेको हो । ग्रामीण सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भइसकेको छ भने गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र भइसकेका छन् । राङ्खानी–बरेङ सडकसमेत कालोपत्रको अन्तिम चरणमा रहेको छ । पछिल्लो तीन महिनायता मात्रै ग्रामीण ४० किमि ग्रामीण सडक कालोपत्र भइसकेको छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडकसमेत धमाधम कालोपत्र भइसक्दा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुखद रहेको बताए ।
थापाले कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी दिन नसकेका कारण ठूला सडक कालोपत्र हुन नसकेको बताए । उनले प्रदेश सरकार अन्तरगतका चार वटा सडक कालोपत्र भइसक्दा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर र सालझण्डी ढोरपाटन सडक कालोपत्र हुन नसकेको बताए ।
“ठूला राजमार्गले सडक होल्डमात्रै गरेर राखे, त्यही ठूला सडकबाट जोडिएका ग्रामीण सडक अहिले धमाधम कालोपत्र भइरहेका छन्, हालै चार वटा ग्रामीण सडक कालोपत्र भइसक्यो” प्रमुख थापाले भने “मध्यपहाडी राजमार्ग ठेकेदारको कारण कालोपत्र भएन, सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोकार बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन ।”
अहिले ग्रामीण सडक अन्तर्गत कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडक भने अलपत्र परेको छ । विसं २०७२ मा दुई वर्षमा सक्ने गरी भएको ठेक्का सम्झौता पाँच पटकसम्म म्याद थप गर्दासमेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडकमा जम्मा ६ किमि सडक मात्रै कालोपत्र भएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले पुनः पाँचौँपटक म्याद थप गरेको छ ।
बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै अहिले ठेक्का रद्द गरेर नयाँ ठेक्कामा गएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले जानकारी दिए । हालसम्म पाँचौँ पटक म्याद थप गरेको हुँदा पुस मसान्तसम्म जसरी पनि सक्नुपर्ने उनको भनाइ छ । यस खण्डमा अब २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेको शर्माले बताए ।
“अन्तिम पटकलाई ठेक्काको म्याद पुस मसान्तसम्म थप गरिएको छ, अहिले निर्माण कम्पनीले पेटी ठेकेदारलाई काममा लगाएको छ” शर्माले भने “सम्झौता गरेको नौ वर्षसम्म सडक कालोपत्र नभएको हो, त्यसपछि ठेक्का खुलेका दर्जन ग्रामीण सडक लोकमार्ग छेउबाटै कालोपत्र भइसकेका छन् ।”
ढोरपाटन सालझण्डी सडक, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले पूर्णता पाएमा मात्रै बागलुङको अधिकांश भूभागसँग जोडिएका ग्रामीण सडक कालोपत्र भएको सार्थकता पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
एसईईको रिजल्ट हेर्न मिल्ने १० वटा वेबसाइट खुल्नै गाह्रो
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार