पुटिन-किम मित्रता : सँगै बसेर लक्जरी कार चलाएको तस्बिर बन्यो भाइरल !
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार ९:४४:१९
८ असार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्बिर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् । हालै पुटिनले उत्तर कोरियामा गरेको भ्रमणका अवसरमा आफै गाडी चलाएको भिडियो र तस्बिर भाइरल भएका हुन् ।
पुटिन र किमले यस भ्रमणका क्रममा पालै पालो गाडी चलाएको तस्बीरहरुमा देख्न सकिन्छ । पुटिनले गाडी चलाउँदा किम नजिकैको अगाडिको सिटमा बसेर कुरा गरिरहेको देख्न सकिन्छ भने किमले गाडी चलाउँदा पुटिन अगाडिको सिटमा बसेको र दुवै जना हाँस्दै कुरा गरिरहेको देख्न सकिन्छ ।
रिपोर्टका अनुसार पुटिनले किमलाई अर्स लिमोसिन लक्जरी कार उपहार दिएका थिए । यस भ्रमणका क्रममा पनि पुटिनले किमलाई एउटा स्किभर र चिया सेट पनि उपहार दिएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि बुधबार बिहान उत्तर कोरियाको भ्रमण गरेका हुन् ।
यस भ्रमणमा किम आफैले विमानस्थल पुगेर पुटिनको स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीहरूको प्रतिनिधिमण्डल उपस्थित थियो । जसमा परराष्ट्र मन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल थिए ।
रुसी राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो र उनको भव्य स्वागत गरिएको थियो । पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो । चोकलाई रंगीन बेलुनले सजाइएको थियो ।
पुटिनको गाडी हेर्न हजारौं मानिस सडकमा भेला भएका थिए । उनीहरुको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो । यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका छन् । पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो । यस क्रममा त्यहाँ जम्मा भएका बालबालिकाको हातमा रंगीन फूलहरु पनि राखिएको थियो । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन् ।
यस भ्रमणका क्रममा पुटिनले नयाँ आधारभूत दस्तावेज पनि घोषणा गरे, जसले दुई देशबीचको सम्बन्धको जग बनाउने विश्लेषण गरिएको छ । पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार