अमेरिकालाई ९ विकेटले हराउँदै वेस्ट इन्डिज विजयी
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार ९:५८:२४
८ असार, काठमडौं । टी–२० विश्वकपको ‘सुपर ८’मा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हराएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै १२९ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले १०.५ ओभरमा मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो ।
वेस्ट इन्डिजका लागि विस्फोटक ब्याटिङ गरेका शाही होपले नटआउट ८२ रन बनाए । अमेरिकाका लागि हरमित सिंहले मात्र एक विकेट लिए । अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए ।
वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीन/तीन विकेट हात पारेका थिए । उसका लागि अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिएका थिए । विश्वकपको सुपर–८ को समूह–२ मा वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।
पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । पहिलो जितसँगै वेस्ट इन्डिज दुई अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार