कात्तिकसम्मका लागि राजपाको महाधिवशेन सर्यो
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख १३, २०७६ शनिबार ४:१४:३५
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’को महाधिवशेन कात्तिक महिनासम्मका लागि सरेको छ । वैशाख पहिलो साताका लागि यसअघि निर्धारित महाधिवेशन हुन नसकेपछि राजपाको पदाधिकारी समितिको बैठकले कात्तिकसम्म सार्ने निर्णय गरेको हो ।
छ वटा दल मिलेर बनेको राजापाले यसअघि दुई वर्षभित्र महाधिवेशन गर्ने विधानमा व्यवस्था गरेको थियो । विधानको व्यवस्थाअनुसार यही असारभित्र महाधिवेशन सक्नुपर्ने थियो । तर, तल्लो तहको अधिवेशन नै नभएको र महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु नै तय नभएकाले असारमा महाधिवेशन हुने सम्भावना टर्यो ।
त्यसैले विधानमा भएको दुई वर्षको प्राधवान संशोधन गरेर महाधिवेशन कात्तिकसम्म लम्बाइएको हो । महाधिवशेन कात्तिक २८ देखि ३० गतेसम्म हुनेछ ।
राजपाका संयोजक शरदसिंह भण्डारीले विशेष प्रतिनिधिको व्यवस्था गरी महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए । अधिकांश पदाधिकारीले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएपछि नियमति महाधिवेशनका लागि समय अपुग हुने देखिएको थियो ।
त्यसैले पदाधिकारीको सर्वसम्मतिमा महाधिवेशन सारिएको हो । ुयसअघि पटक पटक सरे पनि अब सबै नेताको सर्वसम्मतिमा महाधिवेशनसम्बन्धी निर्णय भएको छ त्यसैले तोकिएकै समयमा हुन्छु राजपाका महासचिव केशव झाले भने ।
बैठकले महाधिवेशन मूल आयोजक समितिको संयोजकको जिम्मेवारी महन्थ ठाकुरलाई दिँदै त्यसमा सबै केन्द्रीय सदस्य रहने निर्णय गरेको छ । महाधिवेशनसम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार आयोजक समितिलाई दिइएको छ । विधान तयार गर्नका लागि लक्ष्मणलाल कर्णको संयोजकत्वमा समिति बनाइएको छ ।
यसैबीच, राजपाले संविधान संशोधनलगायत माग पूरा गर्नका लागि सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । आन्दोलनको स्वरुप कस्तो र कहिलेबाट भन्ने चाहिँ स्पष्ट उल्लेख गरेको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार