सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार १३:४६:७
८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' केही दिन यता तनावमा देखिन्छन् । उनले आफैंलाई असहज, अपहेलित, उपेक्षित जस्ता शब्दहरूको वरिपरी घुमाइरहेका छन् । उनको हाउभाउ र कार्यक्रमतिर गरिएका सम्बोधन हेर्दा उनी प्रधानमन्त्री भएर पनि शक्तिहीन छन् । यो अनुभव प्रधानमन्त्री प्रचण्डमा मात्र सीमित नरहेर तल्लो तहसम्मै पुगिसकेको छ । प्रतिनिधि सभामा उनको आफ्नै ३२ सीट छ । सरकार चलाउन गठबन्धन गर्नुपर्ने देशकै बाध्यताको उपयोग गरेर उनी प्रधानमन्त्री भएका हुन् ।
असार १० गते उनी प्रधानमन्त्री भएको १८ महिना पुग्छ । यो अवधिमा उनले चौथौ पटक संसदबाट विश्वासको मत लिए । चौथो पटकको विश्वासको मतले संसदीय इतिहासमा कालो दिनको अंकित गर्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरिरहेको अवस्थामा उनी मार्सल लगाएर रोष्टममा पुगे । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै उनले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले उनलाई विश्वासको मत दिएको थियो ।
प्रधानमन्त्रीको नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्रै म यहाँ उभिएको पटक्कै होइन । म विश्वास दिलाउँछु, हरेक पटक संसदमा उपलब्धिको डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु । मलाई विश्वासको मत दिएमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउनेछु । २०७९ को पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत माग्दा यसो भनेका प्रधानमन्त्री अहिले आफैंलाई निरीह प्रधानमन्त्री भनेर भन्न बाध्य भएका छन् ।
हुनत उनीसँग संसदको पहिलो र दोस्रो दलको जम्मा एकतिहाइ जति जनमत पनि छैन । यो अवस्थामा प्रधानमन्त्रीको हैसियत त्यति हो भन्नेहरू पनि देखिन थालेका छन् । देशभित्रै कमजोर देखिने सरकार र निरीह प्रतीत हुने प्रधानमन्त्रीबाट देशभित्रको जनसमर्थनको आयतन बढ्छ र नैतिक बल पाउँछ भन्नु पनि गलत हो । यसले देश झन कमजोर बनाउँछ । महत्वहीन हुने सम्भावना बढाउँछ । समीकरण उथलपुथल गरेर प्रधानमन्त्री बनिरहने चाहनाले पनि उनी सबैतिर अविश्वासिला बनिरहेका छन् ।
बाहिरबाट हेर्दा प्रधानमन्त्रीको अवमूल्यन भइरहेको देखिनु फरक कुरा थियो । तर, उनले रोस्ट्रमबाटै यो तिक्तता र गुनासो व्यक्त गर्नुपर्यो । शुक्रबारको एक कार्यक्रममा पनि प्रधानमन्त्रीले त्यस्तै धारण व्यक्त गरे । उनले मुखै फोडेर अवमूल्यनको प्रसंग उठाए । अब प्रश्न उठ्छ किन र के कारण प्रधानमन्त्री यसो भन्न बाध्य भइरहेका छन् । होस गर म जस्तै म भन्दा पछाडिका प्रधानमन्त्री पनि हेपिनु पर्ला भनेर चुनौती दिइरहेका छन् । एमाले र माओवादी जोडेर तत्कालीन नेकपा बनाएका प्रचण्ड त्यही दल फुटाएर, सरकार गिराएर अर्को गठबन्धनमा लागेका हुन । त्यो गठबन्धन उनले २०७९ को आम निर्वाचनसम्म उपयोग गरे ।
प्रधानमन्त्री बन्न पुरानो गठबन्धन तोडेर फेरी एमालेको अध्यक्ष केपी ओलीको शरणमा गए र प्रधानमन्त्री पनि बने । तर, त्यो गठबन्धन दुई महिना टिकेन र फेरी कांग्रेसतिरै फर्किएर लगभग १४ महिना उपभोग गरे । अहिले पनि ओलीसँग मिलेको धेरै भएको छैन । छोटो समयमा नै आफू अपमानित भएको महसुस मात्र गरेका छैनन् । आफूले यो विषय छताछुल्ल बनाइरहेका छन् । तीन दिन अघि चितवन पुगेर उनले फेरी यो सत्ता समीकरण वा गठबन्धन धेरै दिन नजाने संकेत गरे । यसपछि यो सत्ता समीकरण फेरिन कुरा चर्चामा मात्र छैन । भित्रभित्रै प्रक्रिया पनि सुरु भइसकेको छ ।
प्रधानमन्त्रीले चितवनमा समीकरण चलिरहेको छ तर, उथलपुथल हुनेवाला छ, कहिले हुन्छ भन्न सकिन्न भनेका थिए । उनको भनाइ अनुसार उनीप्रति यो समीकरण र यो समीकरणप्रति उनी विश्वस्त छैनन् । ओलीबाट प्रचण्डप्रति विश्वास नदेखिनु र आफै प्रधानमन्त्री बन्न चाहना देखिनु वा कांग्रेस नेता शेखर कोइरालालाई विकल्पमा देखाउनु जस्ता परिघटनाले राजनीतिक समीकरण परिवर्तन हुने त होइन भन्ने आशंका स्वाभाविक रुपमा उब्जिएको छ ।
पछिल्लो समय कांग्रेस नेता कृष्णप्रसाद सिटौला सतहमा नभएपनि चलखेलको चर्चामा छन । अहिले सत्ता चलाइरहेका प्रमुख तीन दलका नेताहरूले एक अर्कालाई घुर्की लगाउने र प्रधानमन्त्री प्रचण्डको अस्थिरतालाई उपयोग गरे ओलीको नयाँ प्रस्तावको तयारीमा छन् । यस्तै टिप्पणीका बीच सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको छलफलमा आगामी कात्तिक वा मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने विषयले समेत यो चर्चामा प्रवेश पाएको छ । यही गिजोलिँदो राजनीतिको भेउ पाएका विदेशी शक्तिहरूले समेत यो वा त्यो बहानामा नेपालको राजनीतिलाई आफू अनुकूल प्रयोग गर्ने दाउमा देखिन थालेका छन् ।
यसैले अब सत्ता समीकरण मात्रै फेरिन्छ कि गाइगुइमा आएजस्तै देश मध्यावधिमा जान्छ । प्रधानमन्त्रीले देखाएको निरीहताले यीनै कुरालाई संकेत गरेको हुनुपर्छ । ओली प्रधानमन्त्री भएपछि देशलाई मध्यावधिमा लगिन्छ वा जति अपमान गराएर भएपनि प्रचण्डलाई नै यसमा प्रयोग गरिन्छ भन्ने कुरामा कांग्रेसले बुझिरहेको त छ तर, बोलेको छैन । मध्यावधि रोक्न कांग्रेसको चाहना हो भने समीकरण फेरिएर प्रधानमन्त्री नफेरिन पनि सक्छ । जे होस, सत्ता समीकरण र मध्यावधि कै अन्तरकुन्तरमा भित्री राजनीति घुमिरहेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार