पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार १८:४२:२३
८ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसदको पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गरेका छन् । उनले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसदको अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताए ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले संसद्मा माओवादी केन्द्रको थोरै सङ्ख्या छ भनेर चिन्ता नगर्न र दुविधा नलिन अनुरोध गरे । “सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुविधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ”, उनले भने ।
राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनाप्रति आफूहरू जहिल्यै पनि इमान्दार रहेको जनाउँदै उनले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको बताए । माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशनतर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताए ।
“महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ, नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ । गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ”, उनले भने ।
देशमा रहेको विविधताका आधारमा नयाँ राष्ट्रिय एकताका लागि आत्मनिर्णयको अधिकारसहितको विशेष व्यवस्था गर्न विगतमा पार्टीले भूमिकाबारे उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद् र सडकको मोर्चाबाट पनि फेरि एकपटक पार्टीलाई नयाँ उचाइमा लैजाने बताए । त्यसका लागि पार्टीका मोर्चालाई बलियो बनाउने र अभियानको रूपमा जनतासँग जोड्न सकरात्मक, रचनात्मक र ऐतिहासिक सङ्कल्प सुरु गरिसकेको छु उनले भने ।
अध्यक्ष दाहालले काठमाडौँ उपत्यकाका नेवार समुदाय र आसपासका तामाङ समुदायबाट भएको त्याग, तपस्या र बलिदानले मुलुकमा गणतन्त्र सम्भव भएको स्पष्ट पार्दै संविधान जारी भएपछि निष्क्रिय रहेका पार्टीका जातीय मुक्ति मोर्चा पुनः सक्रिय हुन थालेका बताए ।
उत्पीडित जाति तथा क्षेत्रलाई आन्दोनलमा केन्द्रित गरी युद्धलाई अघि बढाइएको स्मरण गर्दै उनले उनीहरुको माग र मुद्दालाई जनयुद्धको अभिन्न अङ्ग बनाएर गोलबन्द गरेको उल्लेख गरे । उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका तामाङ समुदायले जनयुद्धमा बलिदानीपूर्ण योगदान गरेको बताए । उनले भने, “माओवादी चिल हो, कुुखुराजस्तो आँगनबाट उडेर दलानमा मात्र पुग्ने होइन, समयको माग र आवश्यकतानुसार चिलले जस्तै बेगमा जान सक्छ ।”
बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि विचारको खोजी र मन्थन गरिरहेको जनाउँदै उपाध्यक्ष सापकोटाले जस्तो राजनीति त्यस्तै कार्यदिशा हुने भएकाले पार्टीले स्वतन्त्रता, न्याय र समृद्धिको आधारका रूपमा समाजवादको मार्गलाई अङ्गीकार गरी अगाडि बढिरहेको बताए ।
उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनले नेपाल विविधतायुक्त देश भएकाले राजनीतिलगायत राज्यका सबै संरचनामा जातीय, भाषिक र सांस्कृतिक विविधता देखिनुपर्ने आवश्यकता औंल्याए । “कुनै पनि राजनीतिक दलले देशको इतिहास र गौरवलाई सम्मान गर्नुपर्छ । पार्टीको विगतको युद्धले उत्पीडित जातजातिलाई जागरूक र गोलबन्द बनाएको छ । जनवादी क्रान्तिले उठाएका मुद्दालाई आत्मसात् गर्दै थप उपलब्धिका लागि सङ्घर्ष गर्नुपर्छ”, उनले भने ।
प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने पक्षलाई नजरअन्दाज गर्दै आलोचना र गुनासो मात्र गर्न हुँदैन भन्दै पुनले पार्टीले उठाएका बाँकी मुद्दालाई वैज्ञानिक र वस्तुगत ढङ्गले पूरा गर्नेतर्फ सबैको जोडबल आवश्यक रहेको बताए ।
प्रदेश र स्थानीय तहमा निर्वाचित पदाधिकारीले पार्टीको उद्देश्य र जिम्मेवारीलाई पूरा गर्ने सन्दर्भमा पछि परेको वर्ग समुदाय र उत्पीडितको पक्षमा कानुन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याउँदै उपमहासचिव पुनले धनी र गरिबबीचको खाडल घटाउने, पुराना ज्ञान र सीपलाई वैज्ञानिक र आधुनिकतासँग जोडेर लैजान सक्नु नै समाजवाद भएको स्पष्ट पारे ।
सांसद मीना तामाङले जनयुद्धका समयमा पार्टीले उठाएका मुद्दा र गरेको दिशानिर्देशलाई कार्यान्वयन गर्न सकिए वर्गीय र जातीय मुक्ति सम्भव रहेको बताए । माओवादी केन्द्रको भातृ सङ्गठन तामाङ मुक्ति मोर्चा नेपालले ‘पूर्ण ताम्सालिङ प्रदेश स्थापना गरौं, समाजवादी क्रान्तिको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ दुई दिवसीय सातौं राष्ट्रिय महाधिवेशन गरिरहेको छ ।
महाधिवेशन आयोजक समितिका अध्यक्ष एवं सांसद सूर्यमान दोङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोनलमा तामाङ जातिले गरेको योगदानको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, उपाध्यक्ष सापकोटा, उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतलाई सम्मान गरिएको थियो । नेपालको कुल जनसङ्ख्याको छ प्रतिशत रहेका तामाङ समुदायको काठमाडौं उपत्यका आसपास र बागमती प्रदेशमा सघन बसोबास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार