नेपालमा राजनीतिक अस्थिरताले गर्दा वैदेशिक लगानी भित्र्याउन सकेनौं : कांग्रेस जनसम्पर्क समिति
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार २०:२४:२२
८ असार, काठमाडौं । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले राजनीतिक स्थिरता नहुँदा नेपालमा वैदेशिक लगानी गर्न नसकेको बताएका छन् । शनिबार लण्डनमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि पटकपटक नीति परिवर्तन हुँदा लगानी गर्न समस्या भएको बताएका छन् ।
उनले प्रवासी नेपालीले मात्र नभई विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको भएपनि नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको बताए । उनले भने, ‘प्रोजेक्टको स्वीकृति लिँदा एक, प्रोजेक्ट कार्यान्वयनमा जाँदा अर्को र उत्पादन गर्दा फरक नीति बन्ने हुँदा विदेशीहरू लगानी गर्न तयार देखिएनन्। ’
उनले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेसमेत बताए । उनले नेपालमा अहिले नयाँ राजनीतिक दलहरूको प्रभाव परेको उल्लेख गर्दै त्यसको प्रभाव विदेशमा बस्ने नेपालीहरूमा पनि परेको बताए । उनले कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको समस्या समाधान नगरेकाले पनि अप्ठेरो स्थिति आएको बताए ।
प्रेस युनियनका अध्यक्ष लम्सालले जनसम्पर्क समितिका समस्यालगायतका विषयमा आफूले कांग्रेस नेतृत्वसँग कुरा गर्ने बताए । कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष दाहाल, प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार)लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार