‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार २२:३२:२९
८ असार, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नारासहितको कार्यक्रम कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको १५औँ गाउँ सभामा शुक्रबार गाउँपालिका अध्यक्ष राजु थापाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता राखेर प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्वारा नागरिकले आर्थिक, सामाजिकस्तरमा वृद्धि गर्दै समृद्ध, समातामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ । आर्थिक विकासका लागि कृषि पकेट पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
तरकारी मिनिकिट अनुदान, कृषि तथा पशु उद्यमशीलता विकास परियोजनालगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । काठेखोला गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए ।
कार्यक्रमअन्तर्गत स्थान्नीय गोरु संरक्षणका लागि अनुदान दिइनेछ भने हरेक वडामा वडास्तरीय भेटेरिनरी माइनर ल्याब स्थापना गरिने छ । नीति तथा कार्यक्रममा काठेखोला कोसेलीघर सञ्चालनमा ल्याउने उल्लेख छ ।
पालिकाभित्र उत्पादन हुने सिन्की, भाँगो, हँसिया, कोदाली, हस्तकलाका सामग्रीका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामग्री सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले काठेखोला कोसेलीघर सञ्चालन गरिने उल्लेख छ ।
त्यस्तै पालिकाभित्रका खानी उत्खननका लागि अनुसन्धान गर्न सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरी स्रोत जुटाउन आवश्यक पहल गरिने, वडा नं १ मा हाटबजार स्थापना गरिने, पालिकामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारलाई थप व्यवस्थित गरी गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
गाउँपालिकाले नगर प्रहरी राख्ने समेत तयारी गरेको छ । त्यसका लागि काठेखोला गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्था गर्न बनेको विधेयक गाउँसभामा पेस गरिएको छ । आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले काठेखोला गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गरेका थिए ।
सामाजिक विकास समितिका संयोजक खडक थापाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार