युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार ७:०:४१
९ असार, काठमाडौं । जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । जारी युरोकपको समूह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन् ।
पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९ औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि आ-आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक रिपब्लिकले दोस्रो खेलमा एक एक अंक हासिल गरेका छन् ।
पहिलो खेलमा जर्जिया टर्कीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिक पोर्चुगलसँग २-१ गोलले पराजित भएको थियो । अब समूह चरणको अन्तिम खेलमा जुन २७ मा जर्जियाले पोर्चुगलको सामना गर्ने छ भने चेक रिपब्लिकले सोही दिन टर्कीको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार