पाट कमिन्सको कीर्तिमानी बलिङ, लगातार दोस्रो खेलमा ह्याट्रिक !
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १०:१३:३२
९ असार, काठमाडौं । अस्ट्रेलियाका बलर प्याट कमिन्सले अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन् । जारी टी-२० विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक लिँदै कमिन्सले नयाँ कीर्तिमान बनाएका हुन् । अफगानिस्तानअघि कमिन्सले बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक लिएका थिए । योसँगै कमिन्सले टी–२० विश्वकपमा दुई ह्याट्रिक लिने विश्वकै पहिलो बलर बनेका छन् ।
अफगानिस्तानको इनिङ्सको १८औं ओभरको अन्तिम बलमा कमिन्सले राशिद खानलाई आउट गरेका थिए । यसपछि २०औं ओभरको पहिलो दुई बलमा करिम जनात र गुलबदिन नाइब आउट गरेका थिए । यसअघि बंगलादेशविरुद्धको खेलमा कमिन्सले इनिङ्सको १८औं ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए भने २०औं ओभरको पहिलो बलमा तौहिद हृदयोयलाई आउट गरेका थिए ।
कमिन्स टी-२० अन्तर्राष्ट्रियमा दुई ह्याट्रिक गर्ने पाँचौं बलर बनेका छन्। उनीअघि श्रीलंकाका पूर्व बलर लसिथ मालिंगा, न्यूजिल्याण्डका टिम साउथी, सर्बियाका मार्क पाभलोभिक र माल्टाका वासिम अब्बासले यस्तो गरेका थिए । यद्यपिले कमिन्सले लगातार दुई टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका पहिलो बलर बनेका छन् ।
त्यसैगरी टी–२० विश्वकपको इतिहासमा यो आठौं ह्याट्रिक हो । कमिन्सले यीमध्ये दुई पटक ह्याट्रिक लिएका छन् । योसँगै अस्ट्रेलियाका बलरले तेस्रो पटक टी–२० विश्वकपमा ह्याट्रिक लिएका छन् । कमिन्स बाहेक ब्रेट लीले सन् २००७ मा यो काम गरेका थिए । कमिन्स टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने अष्ट्रेलियाका चौथो बलर बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकपमा छनोट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
कात्तिक २९, २०८१ बिहिबार
शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
कात्तिक २९, २०८१ बिहिबार
दक्षिण अफ्रिकाविरुद्ध तिलक बर्माको शतक, भारत विजयी
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
मुक्तिनाथ विकास बैंकद्धारा लायन्स क्लबलाई सहयोग
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
कात्तिक ३०, २०८१ शुक्रबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार