पोखरामा ‘राईड शेयरिङ’ सञ्चालनमा रोक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १०:५१:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/ride-sharing.jpg_pv6kdGda5u_mDeT7K6TFs.jpg)
९ असार, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राईड शेयरिङ’ सञ्चालनमा रोक लगाइएको छ । पोखरामा पछिल्लो समय ईनड्राईभ लगायतले एपमार्फत सञ्चालन गर्दै आएको ‘राईड शेयरिङ’ सञ्चालनमा रोक लगाइएको हो ।
यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना निकालेर ‘राइड सेयरिङ’सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ । गण्डकीमा ‘राइड शेयरिङ’ सम्बन्धी कानुन बनी नसकेकाले सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले जनाएको छ ।
गण्डकीमा ‘राइड शेयरिङ’ सम्बन्धी नियमावली बनिसकेको छ । तर कार्यविधिसँगै मापदण्ड बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनले यात्रु बिमासँगै भाडा दर निर्धारण लगायतका मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ । कार्यविधिसँगै मापदण्ड नबन्दा त्यस्ता एपमार्फत सञ्चालन हुने ईनड्राइभ, पठाओ, सहारा लगायतले आफैले एप बनाउने अनि भाडा दर पनि आफै तोकेर यात्रु ओसार पसार गर्दै आएका छन् । यसरी जथाभाबी रुपमा ‘राइड शेयरिङ’ सञ्चालन भएको पाइएपछि कार्यालयले सूचना निकालेर त्यस्ता कार्यप्रति रोक लगाएको हो ।
कार्यालयले सूचनाको बेवास्ता गरेर राईड शेयरिङ सञ्चालन गर्दै निजी सवारी साधनमा यात्रु ओसारपसार गरे कारबाही गरिने चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार