माधव नेपाल फकाउँदै प्रचण्डः ज्वाईलाई राजदूत, छोरीलाई मेडिकल काउन्सिल
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १२:७:१०
९ असार, काठमाडौं । वर्तमान सरकारमा समस्या उत्पन्न हुने देखिएपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन थालेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालकी छोरी डा. सुमन नेपाल नेपाल मेडिकल काउन्सिलको सदस्यमा नियुक्ति गरेका छन् भने अष्ट्रेलियाका राजदूतलाई पनि फिर्ता बोलाएका छैनन् । गत दुई साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले डा. सुमनलाई मेडिकल काउन्सिलको सदस्यमा नियुक्त गरेको हो ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पालादेखि नेता नेपालले छोरीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य बनाउने प्रयास गरिरहेकोमा स्वास्थ्य मन्त्रीमा प्रदीप यादव आएपछि सफल भएको हो । बस्नेतपछि उपेन्द्र यादव हुँदै प्रदीप यादव स्वास्थ्यमन्त्री बने । छाला रोग विशेषज्ञ माधवकी छोरी डा. सुमन बल्ल नेपाल मेडिकल काउन्सिलको सदस्य नियुक्त भइन् ।
माधव नेपालले भारतीय दूतावासलाई खुशी पारेर सांस्कृतिक छात्रवृत्ति (कल्चरल सीट)मा छोरी सुमनलाई डाक्टर पढाएका हुन् । सुमनले कल्चरल सीटमा नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट एमबीबीएस र एमडी गरेकी थिइन । उनका छोराले पनि भारतीय दूतावास कै कल्चरल सीटमा आन्ध्र प्रदेशबाट इन्जिनियरिङ गरेका हुन् ।
नेपाल मेडिकल काउन्सिलको सदस्यमा माधव नेपालकी छोरी डा. सुमनसहित चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)की डीन प्रा.डा. दिव्यासिंह शाह, डा. कुम्भराज जोशी, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, डा. मधु न्यौपाने र डा. वीरेन्द्रबहादुर प्रधान नियुक्त भएका छन् । दिव्या शाह डीन छहुञ्जेल मात्र नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा रहने छिन् । दिव्या शाह पूर्व प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक हुन ।
नेपालकी छोरी सुमनलाई मेडिकल काउन्सिलको सदस्य नियुक्ति गर्ने मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायतसहित ११ देशको राजदूत फिर्ता बोलायो तर, सँगै नियुक्त भएका अस्ट्रेलियाका राजदूत माधव नेपालका बहिनीज्वाई कैलाश पोखरेललाई भने फिर्ता बोलाएन । पछिल्लो समय माधव नेपाल समूहलाई अन्य नियुक्तिमा पनि समानुपातिक रुपमा सहभागी गराउने प्रचण्डले आश्वासन दिएका छन् । तर नेपालले हरेक नियुक्तिमा आफ्नो दललाई सहभागी नगराएको गुनासो गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार