इजरायली सैनिकको ज्यादती : घाइते प्यालेस्टाइनीलाई गाडीको अगाडि बाँधियो
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १२:४५:४६
९ असार, काठमाडौं । इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनमा छापा मार्दा एक घाइते प्यालेस्टिनीलाई आफ्नो गाडीको हुटमा अगाडि बाँधेको दृश्य अहिले भाइरल भएको छ । इजरायली सेना वेस्ट बैंकको वादी बुर्किन क्षेत्रमा केही प्यालेस्टाइनीहरूलाई पक्रन गएको थियो ।
टाइम्स अफ इजरायलका अनुसार कारबाहीका क्रममा सेना र प्यालेस्टिनीबीच गोली हानाहान भएको थियो । यस क्रममा एक जना प्यालेस्टाइनी घाइते भएका थिए । यसपछि सैनिकहरूले घाइते प्यालेस्टिनीलाई क्षेत्रबाट बाहिर निकाले । उनीहरुले जिपको अगाडि बाँधे । तर, पछि उनलाई संयुक्त राष्ट्रको रेड क्रिसेन्ट टोलीलाई सुम्पियो ।
बीबीसीका अनुसार प्यालेस्टिनीको नाम मुजाहिद आजमी थियो । इजरायली रक्षा बलले यस कुराको पुष्टि गर्दै अनुसन्धानको आदेश दिएको छ । भिडियोमा देखिएका कुराआदेशविपरीत भएको बताउँदै इजरायली रक्षा बलले यसको छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने बताएको छ ।
घाइते प्यालेस्टिनीका परिवारले इजरायली सेनासँग एम्बुलेन्स मागेको बताएका छन् । तर उनीहरूले प्यालेस्टिनीलाई जिपको बोनेटमा बाँधेर त्यहाँबाट भागे । यसअघि शनिबार केही बन्दुकधारीले वेस्ट बैंकको कल्किल्या क्षेत्रमा एक इजरायली नागरिकको हत्या गरेका थिए । त्यसपछि उनको गाडीमा आगजनी गरिएको थियो । यो कुरा बाहिर आएपछि ठूलो संख्यामा इजरायली सैनिक त्यहाँ पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
एमाले देश बनाउन आएको पार्टी हो, राजनीतिको मात्र कुरा नगर्नुः ओली
मंसिर ३०, २०८१ आइतबार
आजको खेलमा एक विकेटले हार्यो विराटनगर, काठमान्डुको प्लेअफ सम्भावना कायमै
मंसिर ३०, २०८१ आइतबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार