विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न : लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १२:५२:३७
९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रबि लामिछानेले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्वजनिक गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर उनलाई भगाउन खोजेको हो की यो पक्राउ गर्ने नयाँ तरिका हो भन्दै प्रश्न गरेका छन् ।
शर्माले सूर्य दर्शन सहकारीका ठगीका आरोपी मध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायीक साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गरेका छन् ।
उनले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताए । उनले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको बताए ।
महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गरेका छन् । उनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरिएको जनाउँदै गृहमन्त्रीले संसदमा झूट बोलेको आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार