पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १३:१५:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/manang_tHCZepgaWd_Ir3iRRhUAu.jpg)
९ असार, गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना 'एक्याप', इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले केही दिनयता मनाङ मनसुन भएको बताए। “वर्षा याममा मनाङमा आन्तरिक पर्यटक कम आउँछन्”, उनले भने, “असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको सङ्ख्या बाक्लो हुन्छ ।”
चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङवासीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको बताए । “अहिले ‘अफसिजन’ भएकाले पर्यटकीय गतिविधि कम छ, व्यवसायीहरू फुर्सदिला छन्”, उनले भने, “जाडो याममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्छन् ।” सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ ।
“पहिले २८ दिनको पदयात्रा अहिले एक हप्तामै छोटिएको छ, यसले गर्दा विदेशी पदयात्रीको आकर्षण घट्दै गएको छ”, उनले भने, “सडक आएपछि पदमार्गमा पर्ने होटल व्यवसायी विस्थापित भएका छन् ।” विकट भूगोल र जोखिमपूर्ण सडकका कारण मनसुनका बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गरेको हो । चट्टानी पहराको खोँच र मर्स्याङ्दी नदीको किनारैकिनार मनाङ पुग्ने सडक यात्रा गर्नुपर्छ । यहाँको पदमार्ग पनि उत्तिकै जोखिमपूर्ण छ ।
‘एक्याप’ मनाङका प्रमुख भुजेलले गत वर्ष २१ हजार चार ९५ विदेशी पर्यटकले मनाङ घुमफिर गरेको जानकारी दिए । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको छ । हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको उनको भनाइ छ । आन्तरिक पर्यटकको तथ्याङ्क ‘एक्याप’सँग छैन । भारतीय र नेपाली पर्यटक ‘बाइक राइडिङ’ गरेर पनि मनाङ आइपुग्छन् ।
हिमालपारिको जिल्ला मनाङ हुँदै पाँच हजार चार सय मिटरको उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने पर्यटक अधिक हुने गरेको ‘एक्याप’ मनाङका प्रमुख भुजेलले बताए । कतिपय पर्यटक लार्के भञ्ज्याङ काटेर गोरखाको मनास्लु क्षेत्र पुग्ने गरेको उनको भनाइ छ ।
आन्तरिक पर्यटक बढीजसो तिलिचो ताल घुम्न आउने गरेका छन् । ङिस्याङ गाउँपालिका–२ मा पर्ने तिलिचो ताल समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडकको पहुँच विस्तारसँगै पदयात्रामा आधारित मनाङको पर्यटन सङ्कटमा परिरहेको बताए । “यहाँ आउने पदयात्री पर्यटक हुन्, सडकले पदमात्र छोटिएका र भत्किएका छन्, अब वैकल्पिक पदमार्ग बनाउनुपर्छ, सङ्घ र प्रदेश सरकारले यस विषयमा सोचोस्”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकलाई लक्षित गरेर रामप्रसादमा पाहुना घर निर्माण
असार १३, २०८१ बिहिबार
पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
असार ९, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार
पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित
असार १४, २०८१ शुक्रबार
२७ जना महिला टोलीले भोलिदेखि गन्जला चुलीको आरोहण गर्दै
असार १४, २०८१ शुक्रबार
भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार