भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १३:३८:५४
९ असार, भोजपुर । विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो ।
अहिले स्थानीयले विद्युतको उपयोग गर्दै आधुनिक विद्युतीय उपकरण सञ्चालन गरिरहेका छन् । विद्युतले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताए । अहिले विभिन्न विद्युतीय उपकरण जोडेर दैनिक काम गर्नसक्ने वातावरण बनाइएको उनको भनाइ छ ।
“विद्युत् विस्तारसँगै स्थानीय उद्यमशीलतामा जोडिएका छन्”, राईले भने, “हामीले विद्युतको अधिकतम उपयोगमा जोड दिँदै गाउँले जीवनलाई सहज बनाउने प्रयत्न गरिरहेका छौँ ।” विद्युत् विस्तारको काम सम्पन्न भएसँगै स्थानीयलाई विद्युतका माध्यमबाट उद्यमशीलतासँग जोड्ने काम थालिएको उनले जानकारी दिए ।
वडाध्यक्ष एकराज आचार्यका अनुसार स्थानीयको कुटानीपिसानीको समस्यालाई समाधान गर्दै उनीहरुलाई उद्यमी बनाउन वडाले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ । वडा कार्यालयले रु चार लाख ५० हजार खर्च गरेर टोलस्तरमा १६ वटा आधुनिक मिल वितरण गरेको उहाँले जानकारी दिए ।
“भौगोलिकरुपमा विकट भए पनि यहाँका सम्पूर्ण स्थानमा विद्युत् विस्तार गर्न सफल भएका छौँ”, वडाध्यक्ष आचार्यले भने, “अहिले विद्युतको उपयोग गर्दै स्थानीयवासी उद्यममा जोडिएका छन् । स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक साथ र सहयोग गर्दै आएका छौँ ।” उनका अनुसार वडाले ‘वैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएको छ ।
मिलको सहायताले यहाँ उत्पादन भएका कोदो, फापर, मकै, जौँलगायत रैथाने बालीलाई पिसेर शहरका भान्सामा पु¥याउने योजनाका साथ काम गरिरहेको वडाध्यक्ष आचार्यले जानकारी दिए । उत्पादित सामग्री बाहिर पठाउन वैकुण्ठेबाट गएर काठमाडौँ तथा अन्य सहरमा बसेकासँग समन्वय गरिरहेको उनले बताए ।
“उद्यमशीलतमा जोड्दै यहाँका रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन गरिरहेका छौँ । प्रशोधित सामग्री विभिन्न जिल्लामा पठाउन थालेका छौँ । यसले युवामा उत्साह थप्नुका साथै स्थानीयको आर्थिकस्तर सबल बन्दै गएको छ”, वडाध्यक्ष आचार्यले भने । विद्युत् विस्तार भएपछि स्थानीयमा सूचनाको पहुँचमा पनि विस्तार भएको उनको भनाइ छ ।
विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरयासी कामकाजमा पनि सहजता भएको वडासदस्य सावित्रा राईले बताइन् । “प्रविधिको उपयोगबाट दैनिकीलाई सहज बनाउन सकिँदोरहेछ”, उनले भनिन्, “कुटानीपिसानीका लागि घण्टौँ समय लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्था हटेको छ । महिला पनि विभिन्न स्वरोजगारमूलक काममा व्यस्त हुन थालेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
सत्र सयको श्रमदानः मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार