प्रधानमन्त्रीले कुनै निर्णय नदिएपछि राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १४:३५:३६
९ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै निर्णय नदिएपछि मुख्यसचिव बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरुद्द भ्रष्टाचार अभियोगमा मुद्दा दायर गर्ने भएपछि उनले प्रधानमन्त्रीसँग परामर्श लिएका थिए ।
प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले अब तपाई आफ्नै विवेक प्रयोग गर्नुस्, मैले केही सल्लाह दिन मिल्ने अवस्था रहेन भनेका थिए । त्यसपछि उनी राजीनामा दिने मुड बनाएर कार्यालयबाट बाहिरिएका थिए । तर, अहिलेसम्म राजीनामा बुझाएका छैनन् ।
उनी विरुद्ध मुद्दा दर्ता गर्न अख्तियारको टोली विशेष अदालत पुगिसकेको छ । राज्यको एउटा संवैधानिक निकायले मुद्दा दर्ता गरेपछि पदमा बस्न मिल्दैन । त्यो भन्दा अगाडि नै राजीनामा दिने वा नदिने तपाईंको विचारको कुरा भयो भन्दै प्रधानमन्त्रीले सहयोग गर्न नसक्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
निजामती विधेयकमा भट्टराईको प्रस्ताव: कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौं
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २३, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार