इजिप्टले गैरकानुनी रूपमा हज यात्रामा पठाउने संस्थामाथि प्रतिबन्ध लगाउने
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १४:४४:५१
९ असार, कायरो । इजिप्ट सरकारले प्रशासनको स्विकृति नलिई वा दर्ता नगरी गैरकानुनी रूपमा साउदी अरबमा हज यात्राको व्यवस्था गरेकोमा १६ वटा ट्राभल एजेन्सीको सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
साउदी सहरमा चरम गर्मीका कारण गत हप्तामा हजको यात्राका क्रममा दर्ता नगरिएका इजिप्टेली तीर्थयात्रीमध्ये ६०० भन्दा बढीको मृत्यु भएको जानकारी आएपछि यो कदम चालिएको हो ।
हज मृत्यु सङ्कट एकाईको शनिबार आयोजित बैठकमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मडबौलीले यस्ता एजेन्सीहरूको इजाजतपत्र रद्द गर्न र संलग्न व्यक्ति र संस्थालाई सार्वजनिक अभियोजनबमोजिम कारबाही गर्न आदेश दिएको छ ।
मक्काका लागि दर्ता नभएका तीर्थयात्रीका लागि अवैध र गैरकानुनी माध्यमबाट यात्रा आयोजना गर्ने एजेन्सी वा सम्बन्धित व्यक्तिको विवरण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
दर्ता भएका ५० हजारभन्दा बढी इजिप्टका तीर्थयात्रीमध्ये कुल ३१ जनाको ‘दीर्घकालिन रोग’ कारण मृत्यु भएको पुष्टि भएको प्रधानमन्त्री मडबौलीले जानकारी गराए ।
बेपत्ता भएका इजिप्टेली तीर्थयात्रीहरूलाई सकेसम्म चाँडो फेला पार्न र सबै इजिप्टेली तीर्थयात्रीको घर फिर्तालाई सुनिश्चित गर्न विदेश मन्त्रालयले साउदी अधिकारीहरूसँग समन्वय जारी राख्ने विदेशमन्त्री सामेह शौकरीले उल्लेख गरे ।
इस्लाम धर्मावलम्वीको प्रमुख हज तीर्थयात्रा मक्कामा विश्वभरका मुस्लिम तीर्थयात्रीहरूद्वारा वार्षिक रूपमा आयोजना गरिन्छ । साउदी अधिकारीका अनुसार यस वर्ष तीर्थयात्रीहरूको सङ्ख्या १८ लाखभन्दा बढी पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
एमाले देश बनाउन आएको पार्टी हो, राजनीतिको मात्र कुरा नगर्नुः ओली
मंसिर ३०, २०८१ आइतबार
आजको खेलमा एक विकेटले हार्यो विराटनगर, काठमान्डुको प्लेअफ सम्भावना कायमै
मंसिर ३०, २०८१ आइतबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
राहदानी छपाइको नयाँ टेण्डर प्रक्रियामा चलखेल, विभागका कागजपत्र अख्तियारको नियन्त्रणमा
मंसिर ३०, २०८१ आइतबार