नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः उपाध्यक्ष घिमिरे
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १९:५७:४०
९ असार, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा नयाँ उचाइमा पुगेको बताएकी छन् । सिछुवान–नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले द्विपक्षीय सम्बन्ध पारस्परिक सहयोगमा आधारित सम्बन्धलाई व्यापार, लगानी, ज्ञान र सीप आदानप्रदान माध्यमबाट महत्वपूर्ण आयाम प्रदान गरेको बताइन् ।
उपाध्यक्ष सुवेदीले भनिन्, “चीनले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । चीनको आर्थिक-सामाजिक विकास निकै लोभलाग्दो र अनुकरणीय छ ।” सूचना र प्रविधिको चमत्कारिक विकासका दृष्टिले विश्व एक गाउँमा रुपान्तरण हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै उनले चीनसँग नेपालको दिगो र सन्तुलित विकासका लागि स्रोत व्यवस्थापनसहित उल्लेख्य भूमिका अपेक्षा गरिएको बताइन् ।
नेपाल पनि छिट्टै अति–कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने चरणमा रहेको अवस्थामा यस यात्रालाई सार्थक बनाउन चिनियाँ सहयोग महत्वपूर्ण र आवश्यक रहेको बताउँदै उनले चिनियाँ सहयोगको दायरा अझै फराकिलो हुँदै जानेमा विश्वास व्यक्त गरिन् ।
चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन, सिचुआन प्रान्तीय समितिका उपाध्यक्ष से साङह्वाले चीन र नेपाल एकअर्कालाई सम्मान र विश्वास गर्ने असल मित्र, असल साझेदार र असल छिमेकी भएको बताइन् ।
उनले भनिन्, “दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा सिचुआन–नेपालको सम्बन्ध निरन्तर उकालो लागेको छ, आर्थिक र व्यापारिक सहयोग झन् घनिष्ट भएको छ, सांस्कृतिक आदान–प्रदान र सहयोगले सकारात्मक नतिजा हासिल गरेको छ ।”
सिचुआन र नेपाल हिमाल र नदीहरूले जोडिएकोे ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उपाध्यक्ष साङह्वाले हामी नेपालसँग विज्ञान तथा प्रविधि, ऊर्जा र अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेको बताइन् । सिचुआन र नेपालबीचको वैज्ञानिक र प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्ने कार्यक्रममार्फत नेपालको बजार माग र लगानीको वातावरण बुझ्न सक्षम हुने उनले विश्वास व्यक्त गरिन् ।
उपाध्यक्ष साङह्वालले भनिन्, “विज्ञान, प्रविधिको क्षेत्रमा सिचुआन–नेपाल सहयोग प्रवर्द्धन गर्न दोस्रो ‘बेल्ट एन्ड रोड’ विज्ञान तथा प्रविधि आदानप्रदान तथा सहयोग सम्मेलनले दुवै मुलुकबीच विज्ञान, प्रविधि, अर्थतन्त्र, व्यापार र मानविकीका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न भूमिका खेल्नेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार