बिर्तामोड–शनिश्चरे सडक कालोपत्र सुरु
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार ८:५४:१५
१० असार, झापा । झापाको बिर्तामोड–शनिश्चरे सडक खण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।
“बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ”, उनले भने, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टीमिटर रहने उनले बताए ।
सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । ‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्र सुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए ।
“सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उनले भने, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।” सडक कालोपत्रका लागि रु २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले रु १५ करोड ५० लाखमा ठेक्का लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार