अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार ९:३३:४६
१० असार, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल परेको थियो ।
यस घटना पछि, नासाले यो टुक्रा प्रयोग गरिएको ब्याट्रीको कार्गो प्यालेटको भाग भएको र यो २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट फोहोरको रूपमा छोडिएको बताएको छ । नासाले यो टुक्रा वायुमण्डलमा प्रवेश गरेपछि पनि पूर्ण रूपमा नष्ट हुन नसकेको बताएको छ ।
द गार्डियनको रिपोर्टका अनुसार कानून फर्म क्र्यानफिलले समनर परिवारको मुद्दा लडिरहेको छ । फर्मले आफ्नो ग्राहक एलेजान्ड्रो ओटेरोको नेपल्स, फ्लोरिडामा घर रहेको बताएको छ । भग्नावशेष खसेकाले छतमा प्वाल परेको थियो ।
फोहोरको टुक्रा घरमा खसेको बेला ओटेरोका छोरा डेनियल घरमै रहेको र उनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ । तर ओटेरोका परिवारले भने जे पनि हुन सक्थ्यो भन्दै नासाबाट क्षतिपुर्ति माग गरेको छ ।
फर्मका वकिल मिकाह गुएन वर्थीले भने, 'यो घटनाले मेरो ग्राहकको जीवनमा ठूलो प्रभाव पारेको छ । उनले यस घटनामा परेका पीडाका लागि उचित क्षतिपूर्तिको माग गरेका छन् । घटनामा कसैलाई पनि शारीरिक चोट नपुगेको भन्दै उनीहरु कृतज्ञ छन् तर यस्तो ‘नजिक’ अवस्था खतरनाक हुन सक्छ । कसैलाई गम्भीर चोट लाग्न सक्थ्यो वा मृत्यु हुन सक्थ्यो ।
अन्तरिक्षमा फोहोर निरन्तर बढ्दै गएकाले दुर्घटना पनि बढेको क्र्यानफिलले बताए । यस विषयमा नासाले कस्तो प्रतिक्रिया देखाउँछ भविष्यमा उदाहरण बन्न सक्छ । फर्मले नासासँग आफ्नो दावीको जवाफ दिन ६ महिनाको समय रहेको बताएको छ । रिपोर्टका अनुसार नासाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
अन्तरिक्षमा हुने फोहोरलाई 'स्पेस डेब्रिस' वा 'अर्बिटल डेब्रिस' भनिन्छ । यी ती कृत्रिम सामग्री हुन् जुन अब उपयोगी छैनन् तर पृथ्वीको वरिपरि घुमिरहेका छन् । यो फोहोर मानिसले अन्तरिक्षमा पठाएको वस्तुबाट बनाइएको हो । यसमा रकेटका टुक्राहरू, उपग्रहका टुक्राहरू, अन्तरिक्ष यात्रीहरूले छोडेका वस्तुहरू लगायत छन् ।
विगत ६० वर्षमा विश्वभरका देशहरूको अन्तरिक्ष गतिविधि बढ्दै गएपछि अन्तरिक्षमा भग्नावशेष बढ्दै गएको छ । नासाको वेबसाइटका अनुसार हाल पृथ्वीको कक्षामा १० सेन्टिमिटरभन्दा ठूलो २९ हजारभन्दा बढी वस्तुहरू छन् ।
नासाको अनुमान अनुसार हरेक दिन कम्तिमा एक टुक्रा भग्नावशेष पृथ्वीमा पुग्छ । यो टुक्रा या त पृथ्वीमा कतै खस्छ वा वायुमण्डलमा पुग्ने बित्तिकै जल्छ । धेरै जसो अन्तरिक्षको फोहोर पानीमा खस्छ, किनकि पृथ्वीको सतहको ७१ प्रतिशत पानी रहेको छ ।
सन् १९७९ मा नासाको अन्तरिक्ष केन्द्र स्काइल्याब पृथ्वीमा खस्यो तर त्यो पनि समुन्द्रमा खस्यो । यो घटना लामो समयको लागि चर्चामा थियो । वास्तवमा यो भग्नावशेषको तौल ७५ टन थियो, यो जमिनको कुनै भागमा खसेको भए ठूलो विनाश हुन सक्ने थियो ।
स्काइल्याबलाई अमेरिकाले १४ मे १९७३ मा अन्तरिक्षमा पठाएको थियो । स्काइल्याबले करिब पाँच वर्षसम्म राम्रोसँग काम गरिरह्यो । तर अन्तरिक्षमा सौर्य आँधीका कारण यसको प्यानल जलेर बिस्तारै यसको इन्जिनले पनि काम गर्न छाड्यो ।
यसपछि यो अन्तरिक्षबाट पृथ्वीतर्फ सर्न थाल्यो । सुरुमा यो पृथ्वीमा कहाँ खस्ने हो थाहा थिएन । चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ अप्रिल २०१८ मा पृथ्वीसँग ठोक्किने अपेक्षा गरिएको थियो । यसको बारेमा धेरै चिन्ता उठाइयो, तर यो समुद्रमा खसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
व्यापारिकका कक्षहरुमा सर्वसाधारणको घुइँचो
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार